कांगेस–एमालेकै अग्रता

Sushil Koirala 3काठमाडौं, ७ मंसिर । दोस्रो संविधानसभा चुनावको पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षतर्फ एमाले र कांग्रेस अग्रस्थानमा छन् । बिहीबार मध्यरातसम्ममा केही सिटले कांग्रेसभन्दा एमाले अगाडि छ । अघिल्लो संविधानसभामा पहिलो पार्टी बनेको एमाओवादी भने तेस्रो स्थानमा छ ।

अघिल्लो चुनावमा काठमाडौंका १० मध्ये ६ क्षेत्रमा विजयी प्राप्त गरेको कांग्रेसले यसपटक ५ स्थान जितिसकेको छ । अघिल्लो चुनावमा ४ सिटमा कब्जा जमाएको एमाओवादीले यसपटक एक सिट पनि हात पार्न सकेको छैन । एक सिट पनि जित्न नसकेको एमाले भने यसपटक काठमाडौंमा केही मजबुत देखिएको छ । एमालेले २ सिट हात पारिसकेको छ ।
अघिल्लो चुनावमा कांग्रेस क्षेत्र नम्बर १, ३, ४, ५, ८ र ९ मा विजयी भएको थियो । एमाओवादीले क्षेत्र नम्बर २, ६, ७, र १० मा विजय हासिल गरेको थियो । कांग्रेस यसपटक क्षेत्र नम्बर १० बाट विजयी भएको छ । अघिल्लो चुनावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारी मतले चुनाव जितेको यस क्षेत्रमा कांग्रेसका राजन केसीले २० हजार ३ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । दाहाल यसपटक तेस्रो स्थानमा मात्र आए । उनले कुल १२ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् । दोस्रो बनेको एमालेले भने उक्त क्षेत्रबाट १३ हजार ६ सय १९ मत प्राप्त गर्‍यो । क्षेत्र नम्बर १ मा अघिल्लो चुनावमा भारी मत ल्याएर विजयी भएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहले यसपटक पनि पकड कायम राखेका छन् । उनले अघिल्लो चुनावमा एमालेका प्रदीप नेपाललाई हराएका थिए । सिंहले यसपटक उक्त क्षेत्रमाट कुल १५ हजार १ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उक्त क्षेत्रमा एमाले दोस्रो बन्यो ।
क्षेत्र नं. २ मा भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयीनजिक छन् । उनलाई अघिल्लो चुनावमा एमाओवादीका झक्कु सुवेदीले हराएका थिए । यसपटक उक्त क्षेत्रबाट एमाओवादी तेस्रो स्थानमा मात्र छ । क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुयाल १३ हजार १ सय ४९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका चक्रबहादुर ठकुरीले १२ हजार २ सय ४३ मत ल्याए । अघिल्लो चुनाव जितेका ठकुरी दोस्रो बने । क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा विजयनजिक छन् ।
कांग्रेसले क्षेत्र नम्बर ५ मा विरासत जोगाएको छ । नरहरी आचार्यले यसपटक पनि एमाले महासचिव इश्वर पोख्रेललाई पराजित गरेका छन् । आचार्यले कुल १५ हजार ३ सय ६४ मत ल्याए भने पोखरेलको पक्षमा १४ हजार ७ सय ३२ मत पर्‍यो । क्षेत्र नम्बर ६ मा एमालेका योगेश भट्टराईलाई उछिनेर कांग्रेसका भीमसेनदास प्रधान अगाडि छन् । एमाओवादी नेतृ हिसिला यमीलाई हराउदै काठमाडौं–७ मा Rabindra-Adhikariएमालेका रामबीर मानन्धर विजयी भएका छन् । उनले १३ हजार २ सय ८९ मत ल्याए । मानन्धर कांग्रेसका प्रमिलादेवी सिंहलाई पछि पार्दै विजयी भएका हुन् । यस क्षेत्रबाट अघिल्लो चुनाव जितेकी एमाओवादीकी हिसिला यमी यसपटक तेस्रो मात्र भइन् । क्षेत्र नम्बर ८ मा १३ हजार ७ सय ७४ मत प्राप्त गरी फेरि कांग्रेसका नवीन्द्रराज जोशी विजयी भएका छन् । दोस्रो बनेका एमालेका जिवनराम श्रेष्ठले ६ हजार ३ सय ६७ मत प्राप्त गरे । क्षेत्र नम्बर ९ मा पनि ध्यानगोविन्द रञ्जित १४ हजार ४ सय ८३ मत ल्याएर विजयी भएका छन् । १३ हजार १ सय मत पाएका एमालेका कृष्णगोपाल श्रेष्ठ दोस्रो भए ।
ललितपुर ३ मा कांग्रेसका मदन अमात्य विजयी भएका छन् । उनले एमालेका रघुजी पन्तलाई पराजित गरेका हुन् । अमात्यले २३ हजार ५ सय ६६ र पन्तले १२ हजार ६ सय२ मत ल्याएका छन् ।
अघिल्लो चुनावमा रसुवाबाट निर्वाचित एमाओवादीका प्रेम तामाङ यसपटक एमालेसग पराजित भएका छन् । एक क्षेत्र रहेको रसुवामा एमालेका जनार्दन ढकाल ६ हजार ६ सय २८ मत ल्याएर विजयी भएका छन् । तामाङले भने ६ हजार १ सय ६२ मत ल्याए । अघिल्लो चुनावमा धादिङ्का तीनै क्षेत्र कब्जा जमाएको एमाओवादीले यसपटक एक क्षेत्र पनि जित्न सकेन । तीनै क्षेत्र एमालेको कब्जामा गएको छ । क्षेत्र नम्बर १ मा ८ हजार ६ सय ६३ मत प्राप्त गरी धनबहादुर विजयी भएका छन् । दोस्रो बनेका काङ्ग्रेस उम्मेदवार तिलक रुवालीले ७ हजार ६ सय ५६ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नं. २ मा विजयी भएका गुरु वुर्लाकोटीले २० हजार २ सय ३६ मत प्राप्त गरेका छन् । ऊत्त क्षेत्रमा पनि काङ्ग्रेस दोस्रो स्थानमा आयो । क्षेत्र नं. ३ मा भने एमाओवादी दोस्रो बनेको छ । क्षेत्र नं. ३ बाट विजयी भएका एमालेका राजेन्द्र पाण्डेले २२ हजार १ सय ९३ मत ल्याए । एमाओवादीका शालिकराम जमरकट्टेलले १५ हजार ६ सय ६६ मत पाए ।
दाङ १ मा ८ हजार ९ सय १७ मतका साथ कांग्रेसकी पार्वती चौधरी विजयी भएकी छन् । दोस्रो बनेका एमालेका रेवतीरमण शर्माले ७ हजार ७४ मत ल्याए । क्षेत्र नम्बर २ मा कांग्रेसकी सुशीला चौधरी १० हजार ४ सय ३३ मत ल्याएर विजयी भएकी छन् । एमालेकी शान्ता चौधरी तेस्रो स्थानमा आइन् । पूर्वसभासद चौधरीले ७ हजार ४ सय २ मत ल्याइन । दाङ ३ बाट राजु खनाल विजयी भएका छन् । १५ हजार ४८ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण आचार्यले ७ हजार ९ सय ४१ मत ल्याए । दाङ ४ मा कांग्रेसका बुद्धिराम भण्डारी विजयी भएका छन् । भण्डारीले एमालेका शंकर पोख्रेललाई २ हजार बढी मतले पराजित गरेका हुन् । भण्डारीले १४ हजार ५ सय ३ र शंकर पोख्रेलले ११ हजार ८ सय ३ मत प्राप्त गरे ।
पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डे १३ हजार १ सय ९३ मतका साथ विजयी भएका छन् । कांग्रेसका वीरवहादुर राणा १३ हजार ९८ मतका साथ दोस्रो स्थानमा आए ।
४ क्षेत्र रहेको कास्कीमा एमाले २ र कांग्रेस २ क्षेत्रमा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा १३ हजार १ सय १० मत ल्याएर एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन् । कांग्रेसका सोभियतबहादुर अधिकारी १० हजार ८ सय ८ मत ल्याएर दोस्रो भए । कास्की ४ मा एमालेकै सीता गिरी ओली विजयी भएकी छन् । उनले कुल १५ हजार ४ सय ३८ मत ल्याइन् । कांग्रेसका महादेव गुरुङ दोस्रो भए । उनले कुल १३ हजार १ सय ४७ मत ल्याए । कास्की १ मा कांग्रेका यज्ञवहादुर जोशी विजयी भएका छन् । उनले १५ हजार ८ सय ३२ मत ल्याए । उक्त क्षेत्रमा एमालेका मानबहादुर जीसी दोस्रो भए । उनले कुल १५ हजार ५ सय ६० मत ल्याए । कास्की २ मा कांग्रेसकी शारदा पौडेल ११ हजार ६ सय ६१ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापाले ११ हजार ३ सय १७ मत पाए ।
डोटी २ मा १२ हजार ४ सय मत ल्याएर एमालेका प्रेमबहादुर आले विजयी भएका छन् । दोस्रो बनेका कांग्रेसका योगेन्द्र शाहीले १० हजार ९ सय १४ मत पाए ।
मनाङ्बाट कांग्रेसका टेकबहादुर गुरुङले खाता खोलेका थिए । उनी १ हजार ५ सय २७ मत ल्याएर विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रिपल गुरुङ १ हजार १ सय ९२ मतसहित दोस्रो भए । अघिल्लो चुनावमा एमाओवादीका देव गुरुङ् यस क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले गुरुङ् नेकपा–माओवादीका सचिव छन् ।
३ क्षेत्र रहेको गुल्मी–२ मा काङ्ग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । उनले १० हजार २ सय ९७ मत ल्याए । एमालेका प्रदीप ज्ञवाली १० हजार २ मतसहित दोस्रो भए । अघिल्लो चुनाव ज्ञवालीले जितेका थिए । क्षेत्र नम्बर ३ मा एमालेका गोकर्ण विष्ट भारी मत अन्तरले बिजयी भएका छन् । उनी १८ हजार ४ सय ३२ सय मत ल्याएर विजयी भएका हुन । उनका निकट्तम प्रतिद्धन्द्धी कांग्रेसका त्रैलोक्यप्रताप सेनले १० हजार २ सय ९४ मत पाए । विष्ट अघिल्लो चुनावमा झन्डै २ हजार मत अन्तरले एमाओवादीका चन्द्रबहादुर थापासँग पराजित भएका थिए ।
मोरङ–२ बाट एमालेका चण्डीप्रसाद राई विजयी भएका छन् । दोस्रो स्थानमा कांग्रेसका शेखरचन्द्र थापा र तेस्रो स्थानमा एमाओवादीका कुमार पौडेल आए । मोरङ –८ मा एमालेका चन्द्रबहादुर गुरुङ, विजयी भएका छन् । उनले १७ हजार ४ सय १ मत ल्याएका छन् । कांग्रेसका रमेशजंग रायमाझी ९ हजार ४ सय १७ मतसहित दोस्रो भए । मोरङ ४ मा एमाओवादीका शिवकुमार मण्डल विजयी भएका छन् । उनले ९ हजार ३ सय ६० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गयानन्द मण्डलले ९ हजार ३ सय २५ मत पाए ।
एमाले उपाध्यक्ष बामदेव गौतम प्युठान–१ बाट विजयी भएका छन् । उनले १३ हजार ९ सय ६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्काले ८ हजार ७ सय २४ र एमाओवादीका नवराज सुवेदीले ७ हजार ५४ मत ल्याए । गौतम बर्दियाबाट पनि विजयी भएका छन् । उनले अघिल्लो चुनाव हारेका थिए । प्युठान २ मा एमालेका हीराबहादुर केसी १२ हजार ७ सय ९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटमत प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्रीले १० हजार ५ सय ९७ मत प्राप्त गरे ।
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा प्रतिद्वन्दीलाई ११ हजारभन्दा बढी मतले पछि पार्दै विजयी भएका छन् । उनले २३ हजार ९ सय २० मत पाएका छन् । उनका प्रतितद्वन्दी खगराज भट्टले १२ हजार ३ सय ३२ पाए । यो देउवाको निरन्तर पाँचांै जित हो ।
बारा–५ मा एमालेका बलबीर चौधरी १५ हजार ८ सय मतका साथ विजयी भएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी कांग्रेसका उमाकान्त चौधरीको १० हजार ६ सय ७१ मत छ ।
तनहु १ मा कांग्रेसका शंकर भण्डारी विजयी भएका छन् । उनले १५ हजार ७ सय १३ मत ल्याएका छन् । एमालेका रामबहादुर गुरुङ ११ हजार १८ मत ल्याएर दोस्रो भए ।
एमाओवादी नेता हरिबोल गजुरेल सिन्धुली ३ बाट विजयी भएका छन । उनी विजयी हुने पहिलो एमाओवादी उम्मेदवार हुन । गजुरेलले १२ हजार ७ सय ७० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर वाइबाले ९ हजार ७० मत पाए । सिन्धुली २ मा कांग्रेसका मोहनप्रसाद बराल १३ हजार ९ सय ५ मत ल्याएर विजयी भएका छन् । एमाओवादीका गंगानारायण श्रेष्ठ १२ हजार ३ सय ७२ मत ल्याएर दोस्रो भए । एमालेका उमादेवी कोइरालाले ९ हजार ८० मत ल्याएर तेस्रो भइन ।
धनकुटा क्षेत्र नंं. १ मा पनि एमाले विजयी भएको छ । टिकाराम चेम्जोङ विजयी भएका हुन ।
बााके ३ मा कांग्रेस सभापति सुशील कोइराला १० हजार ७ सय ५३ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिदन्दी राप्रपा नेपालका धवलशमशेर जबराले ८ हजार ८ सय ९ मत ल्याए । कोइरालाले चुनाव यही क्षेत्रबाट हारेका थिए ।

प्रतिक्रिया