मतपरिणाम आउने क्रम जारी (अपडेड)

narahari-acharyaकाठमाडौं, ६ मंसिर । मुलुक भरिबाट मतपरिणाम आउने क्रम जारी छ । अधिकांस स्थानमा कांग्रेस र एमालेबीच कडा प्रतिष्प्रधा रहेको मतपरिणामले देखाएको छ ।

यसै क्रममा काठमाडौ–९ मा कांग्रेसका ध्यानगोविन्द रञ्जित विजयी भएका छन् । रञ्जितले १४ हजार ४ सय ८३ मत ल्याई विजयी भएका हुन् । रञ्जितले एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गरेका छन् । काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी भएका छन् । उनले एमालेकी विद्या न्यौपानेलाई पराजित गरेका हुन् ।

धादिङ–३ मा एमालेका राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले २२ हजार १ सय ९६ मत पाएका छन् । उनले एमाओवादीका शालिकराम जमकट्टेललाई पराजित गरेका हुन् । जमकट्टेलले १५ हजार ६ सय ६६ मतपाएका थिए ।
धादिङ–१ मा एमालेकै धनबहादुर घले विजयी भएका छन् । उनले ८ हजार ६ सय ६३ मत पाएका थिए । उनले कांग्रेसका तिलक रुवालीलाई पराजित गरेका हुन् । रुवालीले ७ हहजार ६ सय ५६ मत पाएका थिए ।

प्युठान–१ मा एमाले उपाध्यक्ष बामदेव गौतम विजयी भएका छन् । उनले १३ हजार ९ सय ६२ मत ल्याएर विजयी भएका हुन् । गौतमका प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्काले ८ हजार ७ सय २४ र एमाओवादीका नवराज सुवेदीले ७ हजार ५४ मत ल्याएका छन् ।

काठमाडौ–५ मा कांग्रेसका नरहरि आचार्य विजयी भएका छन् । आचार्यले १५ हजार ३ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव ईश्वर पोखरेलले १४ हजार ७ सय २३ मत ल्याएका छन् ।
दाङ–२ मा कांग्रेसकी सुशीला चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ३३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी होमबहादुर पुनले ८ हजार ५ सय ५८ र एमालेकी शान्ता चौधरीले ७ हजार ४ सय २ मत पाएका छन् ।

कास्की–४ मा एमालेकी सीता गिरी ओली विजयी भएकी छन् । उनले १५ हजार ४ सय ३८ मत ल्याएर बिजयी भएकी हुन् । यो निर्वाचनमा विजयी पहिलो महिला हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव गुरुङलाई पराजित गरेकी हुन् । गुरुङले १३ हजार १ सय ४७ मत ल्याएका थिए । कास्की एकमा कांग्रेसका यज्ञबहादुर थापा विजयी भएका छन् ।

पाल्पा–२ मा एमालेका सोमप्रसाद पाण्डेय बिजयी भएका छन् । उनले १३ हजार १ सय ९३ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर रानाललाई उनले पराजित गरेका हुन् । रानाले १३ हजार ९८ र एमाओवादीका बसन्त शर्माले ४ हजार ९ सय ६७ मत पाएका छन् ।

कास्की–३ मा एमालेका रविन्द्र अधिकारी विजयी भएका छन् । उनले १३ हजार १ सय १० मत ल्याएर विजयी भएका हुन् । अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोभियतबहादुर अधिकारीलाई पराजित गरेका हुन् । सोभितले १० हजार ८ सय ८ मत ल्याएका छन् ।

काठमाडौं–८ मा कांग्रेसका नवीन्द्रराज जोशी विजयी भएका छन् । उनले १३ हजार ७ सय ७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवन राम श्रेष्ठले ६ हजार ३ सय ६७ मत ल्याएका छन् ।

प्रतिक्रिया