एमाओवादी व्यवहारको चौतर्फी आलोचना

UMaoist 2070 8 6

काठमाडौं, ६ मंसिर । अधिकांश क्षेत्रमा पराजय उन्मुख भएपछि एमाओवादीले निर्वाचन प्रक्रिया रोक्न मातहतलाई निर्देशन गरे लगत्तै प्रतिनिधिहरु मतगणनास्थलबाट बारिएका छन् ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आज (बिहीबार) विज्ञप्ति जारी गरेर मातहतका कमिटीलाई प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । एमाओवादीका प्रतिनिधिहरु सबै मतदानस्थलबाट बाहिरिएका छन् ।
‘संविधानसभा निर्वाचनमा विभिन्न खाले षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षाअनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई यही स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति जारी गर्नु अघि एमाओवादीको केन्द्रीय कार्यालयको बैठक बसेको थियो । एमाओवादीले आफ्नो पराजय स्वीकार नगर्ने स्पष्ट पारेको छ ।
यसैबीच, चौतर्फी हार हुन थाले पछि एमाओवादीले रणनीति र समीक्षा गर्न उपत्याका बाहिर रहेका आफ्ना केन्द्रीय नेताहरुलाई बोलाएको छ । एमाओवादीले आफ्ना बिरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र भएको आरोप लगाएको छ ।
उता, कांग्रेस र एमालेले एमाओवादीको व्यवहारको आलोचना गरेका छन् । उनीहरुले जित्ने भए परिणाम स्वीकार्ने अन्यथा नमान्ने चरित्र लोकतन्त्र बिरोध भएको जनाए ।

प्रतिक्रिया