दोलखामा एमालेका नेता पाख्रिनलाई खुकुरी प्रहार

Sun-Umlदोलखा, ४ मंसिर । दोलखा जिल्लामा एमाओवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खुकुरी प्रहार गरेर घाईते बनाएका छन् ।

क्षेत्र नम्बर १ अन्तर्गत ठूलोपातल गाविसको मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरी मतदान केन्द्र कब्जामा लिएको एमालेले जनाएको छ ।

एमाओवादीले कब्जा गरेका मतदान केन्द्रको निर्वाचन बदर गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा एमालेले उजुरी दर्ता गरेको छ ।

एमाओवादीका उम्मेदवार विशाल खड्काको नेतृत्वमा रहेको जत्थाले एमाले पूर्व सभासद शान्ति पाख्रिन माथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जारी विज्ञप्तिमा उल्लेख छ । एमाओवादीको आक्रमणबाट पाँच जना घाईते भएका छन् ।

एमाओवादीले मतदान अधिकृतलाई नियन्त्रणमा लिई मतदान कार्य जारी राख्न दवाव दिएको आरोप एमालेको छ ।

दोलखाकै क्षेत्र नम्बर १ अन्तर्गत नीलकण्ठेश्वर उच्च मावि मतदान केन्द्रलाई पनि एमाओवादी कार्यकर्ताले कब्जामा लिएको आरोप लागेको छ ।

प्रतिक्रिया