सिराहा, ३ मंसिर । एमाओवादीले सिराहाको निर्वाचन क्षेत्र नम्बर ५ का तीनवटा मतदान केन्द्रमा मतदातालाई मतदान गर्न अबरोध पुरार्याएको छ ।
एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न लागि लाइनमा बस्नै नदिएको कांग्रेस र एमालेले आरोप लगाएका छन् । सो क्षेत्रमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
एमाओवादी कार्यकर्ताले बडाहामाल–६ स्थित भुल्किया मतदान केन्द्र, वडा नम्बर ९ को प्रावि मतदान केन्द्र र कल्याणपुर कलाबन्जरको जनता मावि मरेवा मतदान केन्द्रमा विपक्षी पार्टीका कार्यकर्तालाई भोट हाल्न नदिएका हुन् ।
एमाओवादीले कांग्रेस, एमाले लगायतका दलका मतदालाई लाईनमा बसेर मतदान गर्न नदिए पछि स्थानीय मतदाता आक्रोशित भएका छन् । तीन वटा मतदान केन्द्र एमाओवादीले कब्जा गरे पछि सिराहामा तनाव उत्पन्न भएको छ ।
प्रतिक्रिया