गोरखामा एमाओवादीद्वारा परिचय पत्र कब्जा

baburamगोरखा, ४ मंसिर । गोरखा जिल्लामा एमाओवादीका कार्यकर्ताले मतदान केन्दमै मतदाताको परिचय पत्र खोसेर आफैले मतदान गरेको कांग्रेसले आरोप लगाएको छ ।

क्षेत्र नम्बर १ को घैरुङ गाविसस्थित वास्कोट र घयाल्चोक गाविसमा रहेका मतदान केन्द्रमा मतदानका लागि बसेका मतदाताको परिचयपत्र खोसेर आज (मंगलबार) एमाओवादीका कार्यकर्ताले मतदान गरेको कांग्रेसका उम्मेदवार किरणबाबु श्रेष्ठले जानकारी दिए ।

सो क्षेत्रमा एमाओवादीका नेता बाबुराम भट्टराई उम्मेदवार छन् । एमाओवादीका कारण मतदातामा त्रास फैलिएको छ । उता, प्रहरीले गोरखाका सबै केन्द्रमा सामान्य रहेको दाबी गरेको छ ।

एमाओवादी कार्यकर्ताले मतदाता परिचय पत्र खोस्न थाले पछि भएको झडपमा कांग्रेसका दुई जना घाइते भएका छन् । कांग्रेसले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले पनि एमाओवादीलाई साथ दिएको जनाएको छ ।

सो मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई पनि प्रवेश गर्न दिइएको छैन् । मतदानमा खटिएका कर्मचारीहरुको मोवाइल एमाओवादी कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसले दाबी गरेको छ ।

प्रतिक्रिया