‘राष्ट्रिय संकल्प साकार पार्नोस्’

Rambaran_Yadavकाठमाडौं, ४ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले आज हुन लागेको संविधानसभा चुनावमा निर्भिकता तथा उत्साहपूर्वक मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।

राष्ट्रपति डा. यादवले सोमबार शुभकामना सन्देशमार्फत आºनो मताधिकार प्रयोग गरी संविधानसभा चुनावको राष्ट्रिय संकल्पलाई साकार तुल्याउन सबैसग आह्वान गरेका हुन् । ‘जटिल परिस्थितिमा हुन लागेको संविधानसभाको यो निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गरी राष्ट्रिय आवश्यकताअनुरूप संविधान निर्माण गर्न नेपालीहरू आफैँ सक्षम छन् भन्ने उदाहरण विश्वसमुदायसमक्ष प्रस्तुत गर्नुपरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
उनले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेकामा दु:खी रहेको उल्लेख गर्दै उक्त सभाले हासिल गरेका केही महत्वपूर्ण उपलब्धिलाई भने बिर्सन नमिल्ने जनाएका छन् । ती उपलब्धिको रक्षा गर्दै नयाँ संविधान निर्माण गर्ने अभियान सफल तुल्याउने जिम्मेवारी अब दोस्रो संविधानसभाको हुने राष्ट्रपतिले उल्लेख गरेका छन् ।
‘डर, त्रास र हिंसाको राजनीतिले कहिल्यै र कहीँ पनि दिगो समाधान दिँदैन भन्ने प्रत्यक्ष अनुभव हामी आफैँले पनि गरिसकेकै छौँ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ आºना सानानिता विमतिलाई थाती राख्दै जनताको अभिमत प्राप्त गरी जनचाहना र राष्ट्रिय आवश्यकताअनुरूपको संविधान निर्माण गर्ने यो सुअवसरलाई सबै राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूर्ण नेपाली नागरिकले सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया