विस्फोट र आगजनीको विरोध

चितवन : नेकपा (एमाले) चितवन जिल्ला कार्यालय र प्रचारका लागि खुलेका कार्यालयमा आइतबार राति बम विस्फोट एवं आगजनी गरेको भन्दै एमालेले निन्दा गरेको छ ।
जिल्ला सचिव तेजेन्द्र खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा एकीकृत नेकपा (माओवादी)ले निर्वाचनमा आतंक फैलाउने उद्देश्यले एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा दुई र भरतपुर नगरपालिका वडा नं ११ को प्रचार कार्यालयमा एउटा पेट्रोल बम प्रहार गर्नाका साथै नगरपालिका वडा नं ८ र १२ तथा मंगलपुर र भण्डारा गाविसको प्रचार कार्यालयमा आगजनी र तोडफोड गरिएको जनाइएको छ ।
विस्फोटले जिल्ला सचिवको कोठा, चौकीदार भवन र पर्खालमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । विस्फोटबाट पार्टी कार्यालयमा बसेका धु्रव बर्तौला घाइते भएका छन् । (सौस)

प्रतिक्रिया