निर्वाचनमा आकस्मिक उपचार सेवा

काठमाडौ : निर्वाचनका समयमा हुनसक्ने आकस्मिक घटनामा उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा अक्सिजन, औषधि, उपकरण लगायतका उपचार सामग्रीका साथै चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकको नेतृत्वमा गएको अनुगमन समितिले सो निर्वाचनका सन्दर्भमा कुनै घटना–दुर्घटनामा परी स्वास्थ्योपचार गराइरहेका विरामीलाई सम्बन्धित अस्पतालमै पुगी अनुगमन गरेको जनाएको छ । (सौस)

प्रतिक्रिया