काठमाडौं, ३ मंसिर । राष्ट्रपति डा.रामवरण यादवले भोलि हुने संविधान सभाको निर्वाचनमा निर्भिकता र उत्साहपूर्वक मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।
डा.यादवले आज (सोमबार) सन्देश जारी गरेर चुनावमा सहभागी भई लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आग्रह गरेका हुन् । उनले राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूर्ण नेपालीहरुले मताधिकारको सदुपयोग गर्नु पर्ने बताए ।
पहिलो संबिधानसभाको बिघटनपछिको जटिल परिस्थितिमा हुन लागेको निर्वाचन सफल बनाएर विश्व समुदायलाई नेपाली सक्षम छौं भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने राष्ट्रपति डा.यादवले बताए ।
प्रतिक्रिया