नून छ महिनालाई पुग्ने मौज्दात छ : सरकार

nunकाठमाडौं, ३ मंसिर । सरकारले सार्वजनिक विदाका दिनमा पनि दैनिक अत्यावश्यक सेवालाई निरन्तर संचालनमा ल्याईएको जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले आज (सोमबार) विज्ञप्ति जारी गरेर दैनिक अत्यावश्यक सेवाहरुलाई निरन्तर दिई रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई समयमै श्रम स्वीकृति लगायतका सेवा प्रवाह गर्नु परेकाले विभाग खोली सेवा प्रवाह गरेको बताए । विभागको आजै मुख्य सचिव लीलामणि पौडेल र सचिव वास्कोटाले आकस्मिक निरीक्षण समेत गरेका छन् ।

वास्कोटाका अनुसार हाल नेपाल आयल निगमसँग २१ हजार ७ सय ९ के.एल. पेट्रोलियम पदार्थ संचिति रहेको बताए । पेट्रोल २ हजार ९ सय ८८ के.एल, डिजेल १३ हजार ७ सय २१ के.एल., मट्टितेल १ हजार २ सय ३६ के.एल. र हवाई इन्धन ३ हजार ७ सय ६४ के.ए. स्टकमा रहेको छ ।

सरकारले खाना पकाउने ग्यासको समस्या नरहेको पनि जनाएको छ ।

साल्ट ट्रेडिङको विवरण अनुसार हाल मुलुकभित्र ८२ हजार ४ सय ४३ मेट्रिक नूनको मौज्दात रहेको सचिव वास्कोटाले बताए । सो नून मुलुकमा ६ महिना भन्दा वढीको खपत थेग्नसक्ने उनले बताए ।

पूर्वाञ्चलमा १५ हजार ३ सय ६६ मेट्रिक, मध्यमाञ्चलमा २० हजार ५ सय २२ मेट्रिक, पश्चिमाञ्चलमा १८ हजार ४ सय ११ मेट्रिक, मध्यपश्चिमाञ्चलमा १४ हजार ३ सय ३२ मेट्रिक र सुदूर पश्चिमाञ्चलमा १३ हजार ८ सय ११ मेट्रिक नून मौज्दात रहेको सरकारले जनाएको छ । मुलुकका विभिन्न स्थानमा ननू अभाव भई रहेको छ ।

प्रतिक्रिया