आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन

Rastriya-Manb-Adhikar-Aayogकाठमाडौं, ३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले संविधान सभा सदस्यको निर्वाचनमा हुनसक्ने मानव अधिकार हनन्का घट्नालाई लक्षित गरी ७५ वटै जिल्लामा निर्वाचन अघि अनुगमन टोली खटाइसकेको जनाएको छ ।

आयोगले आज (सोमबार) विज्ञप्ति जारी गरेर अनुगमनका क्रममा प्राप्त तथ्यहरूको सम्बन्धमा प्रारम्भीक प्रतिवेदन समेत सार्वजनिक गरिसकेको जनाएको छ ।

अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ बमोजिम आयोगले विशेषज्ञहरूसमेतको एक उच्चस्तरीय टोली गठन गरे आयोगले उल्लेख गरेको छ ।

टोलीमा आयोगका पूर्वसदस्यत्रय रामनिगना सिंह, सुशील प्याकुरेल र डा.केबी रोकाया तथा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्य रहेका छन् ।

टोलीले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्ला तथा आवश्यकताअनुसार देशका कुनै पनि भागमा अनुगमन गर्ने छ ।

प्रतिक्रिया