राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर ६ मा उम्मेदवार बन्नुभएका प्रेम नाथ दुवाल अरुलाई गाली गरेर भाषण गर्दैमा जनताको मन जितिन्छ भन्नेमा विश्वास गर्दैनन् ।
आफना योजनालाई सही ढंगबाट अगाडी सार्न सके जनताले विश्वास गर्छन् भन्ने उनको मान्यता रहेको छ । आफना एजेन्डा र कार्यक्रम सहित जनताको घर दैलोमा जाने हो , जनताले चित्त बुझाए भोट दिन्छन् , चित्त बुझेन भने जनताले अस्वीकार गर्छन् । राप्रपा उम्मेदवार प्रेम नाथ दुलालको भनाई सीधा छ । दुलाल देश भरीका सवै उम्मेदवारलाई आग्रह गर्छन्, सत्य बोलेर मात्र भोट माग । नसक्ने कुरा बोलेर जनतालाई झुक्याउने काम नगर ।
उनी भन्छन् । जहिले पनि नेताले झुट बोलेर भोट माग्ने, अनि केही पनि गर्न नसकेपछि सवै नेता झुटा भनेर जनताले औला तेर्साउने गर्छन् । त्यसैले जे गर्न सक्छौ त्यो मात्रै बोलेर जनताको घर दैलोमा सवै उम्मेदवार पुगुन् भन्ने दुलालको भावना रहेको छ । यस्तो भावना बुन्दै हिजो आज काठमाण्डौ क्षेत्र नम्वर ६ का मतदाताको घर दैलोमा दुवाल मत माग्न ब्यस्त छन् । हुन त सो क्षेत्रमा एमाओवादी, नेपाली काग्रेस र एमालेका चर्चित नेताहरु चुनावी मैदानमा छन् । तर दुवाल भन्छन् यो पटकको निर्वाचनमा सो क्षेत्रबाट जो सुकै उम्मेदवार विजयी हुन सक्ने दावी गर्छन् । सो क्षेत्रमा एमाओवादीका हिमाल शर्मा, काग्रेसका भिमसेनदास प्रधान र एमालेका योगेश भट्टराई जस्ता चर्चित नेता छन् । त्यती मात्र होइन यो पटक सो क्षेत्रमा संघिय समाजवादी पार्टीको तर्फबाट पूर्व मेयर केशव स्थापित पनि चुनावी मैदानमा छन् । दुइ पटक झोर गाविसमा प्रधानपन्चको निर्वाचन समेत जितिसकेका दुवालले प्रजातन्त्र आगमन पछि वडा अध्यक्षमा पनि निर्वाचित भएका छन् ।
जन प्रतिनिधिका रुपमा सधै काम गरिरहेका कारण आफनो लोकप्रियता कायम रहेको राप्रपा उम्मेदवार दुलाल बताउछन् । विकास निर्माणका काममा मात्र होइन जनतालाई मर्दा पर्दा समेत काम लाग्ने नेताका रुपमा आफु स्थापित भएको उनको तर्क छ । काठमाण्डौमा जहिले पनि टुरिष्ट उम्मेदवारले जितेर जनतालाई धोका दिइरहेका कारण यो पटक काठमाण्डौका जनताले स्थानिय र जनताको मर्म बुझने उम्मेदवारका रुपमा आफुलाई रुचाउने दुलालको तर्क छ । राप्रपा उम्मेदवार दुवालले यस अघि लडेका कुनै पनि निर्वाचनमा पराजय ब्यहोरेका छैनन् ।
त्यसै कारण पनि उनी थप उत्साही छन् । काठमाण्डौ क्षेत्र नम्वर ६ अन्र्तगत पर्ने गाविसमा मात्र होइन ठमेल गल्कोपाखा लगायतका क्षेत्रमा पनि आफु परिचित भएकाले सो क्षेत्रमा आफनो पकड बलियो भएको दावी दुवालको छ । राष्ट्रियता प्रजातन्त्र र उदारवादको नारा बोकेको पार्टीको उम्मेदवार भएका कारण र जे सकिन्छ त्यो मात्रै बोल्ने आफनो बानीका कारण जनता माझ लोकप्रिय बन्दै गएको दावी उम्मेदवार दुवालको छ । दुलालले यस पटकको संविधानसभाको निर्वाचनमा आफु विजयी भएमा क्षेत्र नम्वर ६ अन्र्तगत पर्ने क्षेत्रको विकास निर्माणमा विशेष भुमिका खेल्ने बताएका छन् । संविधान लेखन प्रकृयामा पनि आफुले सकेजती पहल गर्ने उनको भनाई छ । उनको भनाईलाई आधार मान्ने हो भने आफुलाई ठुला ठान्ने दलहरुले संविधान लेखनमा आगामी दिनमा पनि त्यती धेरै गम्भिरता देखाउने अवस्था छैन ।
त्यसैले पनि परिवर्तनका लागी जनताले आफुलाई विश्वास गर्नुपर्ने तर्क उनको छ । तीन ठुला दलका गतिला उम्मेदवारको रस्साकस्सी भएको क्षेत्रमा आफनो भुमिका र स्तर कमजोर नभएको उनको तर्क छ । राप्रपा उम्मेदवार दुलालका अनुसार निर्वाचनमा मनोनयन पत्र दर्ता गरेको पहिलो, दोस्रो हप्तासम्म आफनो अवस्था त्यती राम्रो भएको जस्तो लागेको थिएन । तर पछिल्लो केही दिन यता उनले आफुलाई जनताले विश्वास गरेको आभाष भएको छ । त्यसैले पछिल्लो साता उनले आफनो चुनावी अभियानलाई थप तीब्र बनाएका छन् । मतदाताका घर दैलोमा आफनो नीति र घोषणापत्र सहित दुलाल पुगेका छन् । काठमाण्डौ क्षेत्र नम्वर ६ मा राप्रपाका उम्मेदवार दुलालको उम्मेदवारीले केही परिवर्तन हुने अपेक्षा उनको छ । सो क्षेत्रका जनताले हलोलाई कति धेरै सर्मथन गर्ने हुन् त्यो भने हेर्न बाकी नै छ ।
प्रतिक्रिया