ढुवानी खर्च ३ करोड ३१ लाख

काठमाडौ : निर्वाचन सामग्री सुरक्षित रूपमा मतदानस्थलमा पुर्‍याउन र मतपेटिकालगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउन निर्वाचन अयोगले ढुवानी शीर्षकमा ३ करोड ३१ लाख रुपैया निकासा गरेको छ । आयोगका सहसचिव महेश्वर न्यौपानेले आवश्यक निर्वाचन सामग्री मतदानस्थलमा पुर्‍याउन र मतपेटिका लगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउनका लागि सो रकम निकासा भएको जानकारी दिए ।
उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायतका जिल्लाका सबै मतदानस्थलमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी एवम् सुरक्षा निकाय पुगिसकेको पनि जानकारी सहसचिव न्यौपानेले दिए । मतदान सकिएलगत्तै मतपेटिका, खटिएका कर्मचारीलाई सुरक्षित रूपमा मतगणनास्थलसम्म ल्याउन भौगोलिक अवस्थाअनुरूप ढुवानीका साधन प्रयोग गरिएको सहसचिव न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित ६८ प्रकारका निर्वाचन सामग्री लिएर कर्मचारी सम्बन्धित मतदानकेन्द्रमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनमा १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ केन्द्र रहेका छन् । ती मतदानस्थलका लागि दुई लाख १५ हजार कर्मचारी र सोही सङ्ख्यामा सुरक्षा निकाय परिचालन छन् ।

प्रतिक्रिया