कांग्रेसको सभालाई लक्षित गरेर कुकर बम

Pressar Kukar Bomनुवाकोट, २८ कात्तिक । नुवाकोट जिल्लामा कांग्रेसको चुनावी सभालाई लक्षित गरेर राखिएको प्रेसर कुकर बम फेला परेको छ ।

सुन्दरा देवी–७ मा कांग्रेस कार्यकर्ताले आज (बिहीबार) विहान प्रेसर कुकर बम फेलापारे पछि सुरक्षाकर्मीलाई खबर गरेका छन् । सो बम अपरिचित समूहले राखेको प्रहरीले जनाएको छ ।

नुवाकोट क्षेत्र नम्बर २ कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार डा.रामशरण महत समुन्द्रटारमा चुनावी सभाको कार्यक्रम छ ।

खबर प्राप्त हुन साथ पुगेको नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्क्रिय बनाएको कांग्रेसले जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया