सेनाले दुई हेलिकोप्टर किन्दै

Helicoptor Nepal Armyकाठमाडौ : नेपाली सेनाले हेलिकोप्टर खरिद प्रक्रिया सुरु गरेको छ । १४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने दुई थान हेलिकप्टर खरिद गर्न स्विकृति प्रदान गरेपछि सेनाले प्रक्रिया अघि बढाएको हो ।
सैनिक प्रवक्ता सहायक रथी जगदिश पोखरेलले सरकारले बनाएको कार्यविधिअनुसार सेनाले हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । यसअघि सेनाले खरिद ऐन मिचेर रसियाबाट हेलिकप्टर खरिदको तयारी गरेको थियो । मिलिटरी भर्सनको हेलिकोप्टर खरिद प्रक्रिया सुरु थालेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
‘नेपालको विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान भर्न उपयुक्त हुने खालको हेलिकप्टरको आयातले सेनाको अपरेसनल, बन्दोबस्ती र विपद् व्यवस्थापनजस्ता कार्यसम्पादनमा असरदारिता र प्रभावकारिता बढ्नेछ,’ सेनाले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । (सौस)

प्रतिक्रिया