काठमाडौं, २८ कात्तिक । नेकपा–माओवादीसहितको मोर्चाले आह्वान गरेको यातायात बन्द क्रमश: निस्तेज बन्दै गएको छ । दैनिक श्रम गरेर जीवन गुजारा गर्ने निम्नवर्ग र समुदायका श्रमिकले नै यातायात सुचारु गराएपछि बन्द विफल बन्दै गएको हो ।
बन्द भनिए पनि बुधबार उपत्यकामा नीजि तथा सार्वजनिक सवारी साधनविना अवरोध नियमित रूपमै सञ्चालन भइरहेका छन् । त्यसैगरी शैक्षिक संस्था, उद्योग, कलकारखाना पनि आजबाट पूर्ण रूपमा सञ्चालन भएका छन् । बन्दबाट आर्थिक क्षेत्रमा नकारात्मक असर पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा शान्ति र्यालीको आयोजना गरेको छ । त्यस्तै यातायातलगायत क्षेत्रका निजी व्यवसायीले आफ्ना सेवा सुचारु गरेका छन् । बन्दको दोस्रो दिन सोमबारको तुलनामा मंगलबार निजी तथा सार्वजनिक सवारी साधन बाक्लो संख्यामा चल्नुका साथै शैक्षिक संस्था, उद्योग, कलकारखाना र सडक चोकका पसल खुलेका छन् । यता जबर्जस्ती बन्द गराउन खोज्ने १० जना बन्दकर्तालाई काठमाडौाका विभिन्न स्थानबाट पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए ।
माइक्रोमा विस्फोट
कलङ्कीबाट महाराजगन्जतर्फ गइरहेको यात्रुबाहक माइक्रोबसमा आज साझ सामखुशीस्थित टाउनप्लानिङ् नजिक पेट्रोल बम प्रहार हुदा चालकसहित आठजना घाइते भएका छन् । बा १ ज ९८९१ नम्बरको सो माइक्रोमा २० मिटर परबाट अज्ञात व्यक्तिले बम प्रहार गरेका थिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ । हाल सात जनाको उपचार धापासीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको विनायक अस्पताल गोङ्गबुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा चालक नुवाकोट निवासी रामबहादुर थापा, यात्रुहरु धापासीकी मञ्जु पन्त, बैतडीका ध्वजसिंह विष्ट, कैलालीका विनोद चन्द, दोलखाका मञ्जु श्रेष्ठ, काठमाडौाका सानुबाबु बस्नेत, सिन्धुपाल्चोकका राजु छन्त्याल र जिल्ला नखुलेका मिठ्ठु श्रेष्ठ रहेका छन् । घाइतेमध्ये छन्त्यालको उपचार विनायक अस्पतालमा उपचार भइरहेको छ । यस्तै, बुधबार सााझ वीर अस्पतालनजिक अज्ञात व्यक्तिले विस्फोटक वस्तु विस्फोट गराएको भए पनि कुनै क्षति नभएको जनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया