ओखलढुङ्गामा वास्कोटाद्वारा उम्मेदवारी फिर्ता

Nepali Congressओखलढुङ्गा, २७ कात्तिक । ओखलढुङ्गा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

वास्कोटाले आज (बुधबार) अपील प्रकाशित गरी आफूले नि:शर्त उम्मेदवारी फिर्ता लिएर खतिवडालाई सहयोग गर्न लागेको जनाए ।

वास्कोटाले कांग्रेसका उम्मेदवार रामहरि खतिवडालाई समर्थन गर्ने जनाएका छन् । कांग्रेसले टिकट नदिए पछि वास्कोटाले खतिवडा बिरुद्ध उम्मेदवारी दिएका थिए । आन्तरिक सहमति पछि खतिवडाले आफूलाई मतदान नगर्न भनेका हुन् ।

प्रतिक्रिया