चुरे भावरका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

Congress-flagबारा, २७ कात्तिक । चुरे भावर राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य जयराम दवाडी कांग्रेसमा प्रवेश गरेका छन् ।

निजगढमा आज (बुधबार) आयोजित कार्यक्रममा दवाडी कांग्रेसमा प्रवेश गरेका हुन् । दवाडीलाई उपसभापति रामचन्द्र पौडेलले पार्टीको साधारण सदस्यता दिए ।

उपसभापति पौडेलले लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको बताए । ‘निर्वाचनमा कांग्रेसको बहुमत आए एकबर्षमा संविधान निर्माण गरेर दिन्छौं,’ पौडेलले भने ।

प्रतिक्रिया