रुपन्देहीमा कसले बाजी मार्ला ?

Chunab Chinhaभैरहवा २७ कार्तिक । नेकपा माओवादी लगायत ३३ दलीय मोर्चाले निर्वाचन विथोल्ने ध्ययेले सोमबार आमहड्ताल गरे भने मंगलबारदेखी मंसिर ५ गते सम्म यातयात बन्दको घोषणा गरेका छन् ।

तर सरकारी तयारीका कारण निर्वाचन बहिस्कारीवादी दलहरुको योजना असफल सिद्ध भएको जस्तै छ । बन्दका बाबजुद पनि चुनावमा भाग लिएका दलहरुले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । चुनाबी घरदैलोमा दलहरुले सांगेतिक प्रस्तुती पनि पस्किरहेका छन् ।
रुपन्देहीका ७ वटा निर्वाचन क्षेत्र मध्ये रुपन्देही सदरमुकाम भैरहवा रहेको तथा विश्वपर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्धारा समेत रहेको रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवारहरुले संविधान निर्माणको अतिरिक्त विकासे एजेन्डा पनि बाडीरहेका छन् । उनीहरुले आफ्नो चुनावी मुख्य एजेन्डामा गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियकरण गर्ने र लुम्बिनीलाई विश्व पर्यटन बजारको प्रमुख आधार बनाएर विदेशी मुद्रा भित्राई नेपाललाई आर्थिक समृद्धि तर्फ लैजाने आश्वासनका अतिरिक्त स्थानिय विकासका आश्वासनका पोका बाडीरहेका छन् ।
सिद्धार्थनगर पालिकाको १३ वटा वाडा र ८ वटा गाविसमा कुल ५६ हजार ९ सय ४५ मतदाता रहेको यस क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी र राप्रपा विच मुख्य प्रतिसपर्धा हुने विश्लेषकको दाबी छ । यद्यपी गत निर्वाचनमा मधेसवादी दलले निर्वाचन जितेको यस क्षेत्रमा मधेसवादीदलहरुको पनि शसक्त उपस्थितीति रहने छ ।
रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिका सहित ८ वटा गाबिस रहेको क्षेत्र न २ मा बिभिन्न ३० वटा पार्टीका उम्मेदवार र ७ जना स्वतन्त्र गरी ३७ जना उम्मेदवार चुनाबी दौडमा रहेका छन । क्षेत्र न २ मा मुख्यत एमाले, कााग्रेस, एमाओबादी, राप्रपा र ठुला मधेशबादी दल बिच मुख्य प्रतिस्प्रर्धा हुने भएको छ ।
यस क्षेत्रबाट एमालेका उम्मेदवार भरत कुमार पोखरेल, कााग्रेसका रामकृष्ण ताम्राकार, एमाओबादीका बिनोद उपाध्याय, राप्रपाका दिपक बोहरा, फोरम नेपालका महेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका शिब रतन गुप्ताबीच कडा प्रतिसपर्धा हुने देखिएको छ । यद्यपी एक दर्जन भन्दा बढी मधेशी उम्मेदवार भएका कारण मधेशबादी दल भने गत निर्वाचन भन्दा कमजोर रहेको बिश्लेषक बताउछन ।
एमाओवादीले कांग्रेसलाई मुख्य प्रतिसपर्धि ठानेको छ भने कांग्रेसले एमालेलाई मुख्य प्रतिसपर्धिको रुपमा लिएको छ । गत निर्वाचनमा एक भएर चुनाव लडेका मधेसवादी दलहरु धेरै टुक्रामा बाडीएको कारण उनीहरु पहिले जत्तिकै शसक्त हुने सम्भावना न्युन छ । उता राप्रपा नेपाल र अखण्ड पार्टि तथा स्वतन्त्र उम्मेदवारले पनि धेरैको भोट काट्नेछन् ।
पहिलो साबिधान सभा निर्वाचनमा मधेशी जनअधिकार फोरम का ओमप्रकाश यादब गुल्जारी १० हजार ६ सय १२ मत प्राप्त गरी बिजयी भएका थिए । उनका प्रतिद्धन्दी एमालेका देबी चौधरीले ९ हजार ८ सय २९ मत पाएका थिए । गुल्जारीले फोरम परित्याग गरी सदभावना पार्टीको तर्फ बाट क्षेत्र न ६ बाट उम्मेदवारी दिएका छन भने देबी चौधरी एमाले छाडेर फोरम लोकतान्त्रिक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन । क्षेत्र न २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहरा सबैका लागी चुनौती बनेका छन् । सागठन कमजोर रहेपनि शहरमा बोहराको पक्षमा चर्चा बढेपछि अन्य दललाई चुनौती बढेको छ । यद्यपी कााग्रेस, एमाले र एमाओबादीको सागठन बलियो भएका कारण बोहरालाई निर्वाचन जित्न भने त्यति सहज छैन । कााग्रेसका ताम्रकार २०४७ सालदेखी उम्मेदवार भएर पटक पटक मन्त्रि समेत भएका थिए । एमालेका उम्मेदवार भरत पोखरेल नयाा अनुहार का रुपमा प्रस्तुत भएका छन् । एकिकृत माओबादीका बिनोद उपाध्यायको पनि खासै प्रभाब नभएको नगरबासी बताउछन ।
यस क्षेत्रमा मधेसी जनअधिकार फोरमबाट टिकट पाउने पक्का भएका फोरम लोकतान्त्रिकका सन्तोष पाण्डे पार्टिले टिकट नदिएपछि स्वतन्त्रबाट चुनावी मैदानमा छन् । जसले गर्दा फोरम लोकतान्त्रिकका उम्मेदवार चौधरीलाई पाण्डेको उम्मेदवारी ढुंगा चपाए जस्तै हुनेछ ।
यसै क्षेत्रमा काइयो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार दिर्गी मधेसीया भने एक्लै प्रचार प्रसारमा हिडेको देखिन्छन् ।
चुनावी शैली पनि दलहरुको फरक फरक छन् । नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण ताम्रकार प्रतिदिन ५०।६० जनाको जत्थासहित माइकिंग गर्दै घरदैलोमा पुग्छन् । क्याम्पसका प्राध्यापक समेत रहेका एमालेका उम्मेदवार भरत कुमार पोखरेलको घरदैलोमा शिक्षक, कर्मचारी र प्राज्ञिक व्यक्तित्वको साथै विद्यार्थि गरी दैनिक सयको हाराहारीमा मानिसहरुको साथ देखिन्छ । एनेकपा माओवादीका उम्मेदवार विनोद उपाध्यय पनि सयको हाराहारीमा युवाहरुको विशेष जत्था र मधेसी मुलका मानिस सहित घरदैलोमा देखिएका छन् ।
यता पन्चायत र लोकतन्त्र पछि पनि मन्त्री बनेका दीपक बोहरा पार्टिको सांगठनिक आधार बलियो नभएतापनि व्यक्तिगत रुपमा लोकप्रीय देखिएका छन् । उनलाई विशेषत: युवाले सघाएको देखिन्छ । दैनिक सयौ मोटरसाइकल सहित घरदैलोमा देखिने बोहरा आफै पनि साइकल चलाएर घरदैलोमा भोट माग्न गएको देखिन्छ भने उनकी श्रीमती उन्नती बोहराको नेतृत्वमा महिलाहरु भैरहवामा दैनिक रिक्सा ऱ्याली गरिरहेका छन् ।
यसको अतिरिक्त जनमुक्ति पार्टि, अखण्ड नेपाल , मधेसबादी दलहरुले पनि कोणसभा र घरदैलोलाई तिब्रता दिइरहेका छन् ।
निर्वाचनकै लागी उम्मेदवारहरु लाखौ रुपैया खर्च गरिसकेको अनुमान गर्न सकिन्छ । निर्वाचन आयोगले प्रत्यक्ष तर्फ १० लाख खर्चको अनुमति दिएता पनि मुख्य प्रतिसपर्धिहरुले त्यो नेटो कटाइसकेका छन् । किनकी मोटरसाइकल ऱ्याली अतिथी सत्कार र कोणसभाले खर्च बढाएको छ ।

प्रतिक्रिया