रामायण रचयिताको निधन

काठमाडौं : साहित्यकार सीतादेवी रिमालको ९३ वर्षको उमेरमा मंगलवार बिहान आफ्नै निवास नक्साल नागपोखरीमा निधन भएको छ । श्रीमती रिमालका ‘वाल्मीकि रामायण सङ्क्षिप्त नेपाली रुप’, ‘सीतादेवी रिमालका केही कविताहरू’ लगायत अन्य कविता कृति तथा चित्रकला पनि प्रकाशित छन् । आफ्ना भानिज मदनदेव भट्टराईको प्रेरणामा उहाको पहिलो कविता ‘यो जीवन’ शीर्षकमा ‘रत्नश्री’ साहित्यिक पत्रिकाको नारी विशेषाङ्क (२०३४ साल)मा प्रकाशन भएको थियो । उनी त्रिमूर्ति निकेतन र रिमाल समाजबाट सम्मानित भएकी थिइन् । दाङमा जन्मी किशोरावस्थामा नै जीवनसाथीलाई गुमाउनुभएका रिमालले औपचारिक शिक्षा लिनु भएको थिएन र उनी सामान्य लेखपढमै रमाउथीन् । उनका तीन पुत्र छन् ।  । उनको मंगलवारै अन्येष्टि गरियो ।

प्रतिक्रिया