बर्दियामा पोस्टरमाथि पोस्टर

Bardiya-Posterबर्दिया, २७ कात्तिक । संविधानसभाको दोस्रो चुनाव नजिकिँदै जाँदा बर्दियामा राजनीतिक दलहरूले एक दलको चुनावी प्रचार सामग्रीमाथि अर्को दलको टाँस्ने होडबाजी गरेका छन् ।

निर्वाचन आचारसंहिताविपरित एउटा दलले टासेको प्रचार सामग्रीमाथि अर्कोले टास्ने गरेका हुन् । आचारसंहिताका अनुसार पर्चा, पम्लेट तथा पोस्टरलगायतका प्रचार सामग्री सार्वजनिक स्थलहरूमा राख्न तथा टाँस्न पाइन्न । निर्वाचन आयोगले टासेको निर्वाचन शिक्षा सामग्रीमाथि पनि दलहरूले आफ्नो पोस्टर टाँसेको पाइएको छ ।
चारवटा चुनाव क्षेत्र रहेको बर्दिया जिल्लाका अधिकांश बजार क्षेत्रहरूमा ठूलादेखि साना पार्टीसम्मले सबैजसो क्षेत्रमा आ–आफ्नो दलको प्रचार सामाग्री एकअर्काको माथि टाँसेको देखिन्छ । जिल्लाको सदरमुकाम गुलरिया बजार क्षेत्रमै एमाओवादी, संघिय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राप्रपा नेपाल, कांग्रेस, मधेसीजनअधिकार फोरम, गरिव जनताको क्रान्ति पार्टी, नेपाल परिवार दल, संघिय सद्भावना पार्टीलगायतले पोष्टरमाथि पोस्टर टाँसेका छन् । एक दलले टाँसेको सार्वजनिक वा नीजि स्थलमा लगातार अरु दलले पनि पोस्टर टाँस्ने गरेका छन् ।
२३ असोजमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा निर्वाचन प्रचारप्रसार लगाएत निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम आचारसंहिताविपरित नगर्ने जिल्लाका सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका थिए । तर, चुनावको मिति नजिकिएपछि भने उनीहरूले यसको उल्लघंन व्यापक मात्रामा गरेका छन् ।
मुृख्य निर्वाचन अधिकृतको कार्यालयले भने अहिलेसम्म आफ्नो पोष्टरमाथि अर्कोले टाँसेको भनेर उजुरी कसैले नदिएको बताएको छ ।

प्रतिक्रिया