एमाओवादी मुलुक भारतलाई सुम्पने योजनामा

प्युठान : एमाले उपाध्यक्ष तथा प्युठान– १ का उम्मेदवार वामदेव गौतमले एमाओवादी नेतृत्व मुलुकलाई भारतमा लगेर सुम्पने दाउमा रहेको आरोप लगाएका छन् । ढुंगेगढी गाविस– ८ स्थित जसपुर बजारमा सोमवार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेपालका विमानस्थल र अध्यागमनको व्यवस्थापन भारतलाई सुम्पादै बाबुराम सरकारले मुलुक नै भारतलाई बुझाउने प्रपञ्च रचेका थिए,’ उनले भने, ‘‘बाहिर–बाहिर एमाओवादीका नेता भारतको भरमार विरोध गर्छन् तर भित्रीरुपमा उनीहरुको भारतसाग सााठगााठ छ ।’
नेता गौतमले कार्यक्रमलाई सम्वोधन गर्दै द्वन्द्वकालमा माओवादीबाट हत्या भएका आफ्ना कार्यकर्ताको हिसाब–किताब एमालेले खोज्ने दाबी समेत गरेका थिए । ‘ द्वन्द्वकालमा एमाओवादीले निहत्था नेपालीलाई मार्नेजस्तो जघन्य अपराध गरेको छ,’ उनले भने, ‘त्यस्तो कार्यमा संलग्न माओवादीलाई खोजी–खोजी एमालेले कारवाही गर्छ ।’ उनीहरुलाई प्रचलित कानुनबमोजिम कारवाही गर्ने कुरामा पार्टी दृढ रहेको उनको भनाई थियो । उक्त कार्यक्रममा एमाओवादी, नेकपा एकीकृत र राजमो परित्याग गरी ३१ जना भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई गौतमले अविर लगाई पार्टीमा स्वागत गरेका थिए । (सौस)

प्रतिक्रिया