संघिय समाजवादीको घर दैलो

धरान, २५ कात्तिक । संघीय समाजवादी पार्टी नेपालका सुनसरी क्षेत्र नं १ का प्रत्यक्ष तर्फका उमेद्धार ध्यान वहादुर राईले समाजवादी पार्टीको विजयले मात्र नेपाली जनताको अधिकार सुनिश्चित हुने संविधान निर्माण हुने वताएका छन् । शनिवार धरान वडा नं १६ र १२ को घर दैलो कार्यक्रम पश्चात आयोजित कार्यक्रममा वोल्दै राईले उक्त धारणा व्यक्त गरेका हुन् ।

पार्टीको निर्वाचन समितिको केन्द्रीय सचिव समेत रहेका राईले समाजका सवै खाले उत्पीडनको अन्त्य गर्नको लागि पनि समाजवादी पार्टीको विजयको विकल्प नभएको दावी गरे ।
पार्टीमा दिन प्रतिदिन वढदै गएको  जनलहरले पनि पार्टीको पक्षमा विजयको
संकेत गरेको स्पष्ट पारेका थिए । चुनावी प्रचारकै अभियान अन्र्तगत संघीय समाजवादी पार्टी नेपालको धरान वडा नं १ मा र पाच कन्याका विभिन्न वडा र टोल समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा शम्भु तामाङ्ग, समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस :उदप विसंखे,श्रृजना तामाङ्ग, डोमा तामाङ्ग रहेका छन् ।
त्यस्तै धरान १७ को साउने वस्तिमा टोल समिति गठन भएको छ । समितिको संयोजकमा भीमकुमारी राई रहेकी छिन् । त्यस्तै पाचकन्याको साउने वस्तिका टोल समिति संयोजकमा जंग कुरुङवाङ, उपसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस हरी लिम्वु, सुशिल राई, खेम वहादुर राई, सुमन राई, रहेका छन् । त्यस्तै पाच कन्याको जामुने टोल कमिटीको संयोजकमा तिलक वहादुर कट्वाल रहेका छ । त्यसैगरी उपसंयोजकमा नर वहादुर थापा र सचिवमा नगेन्द्र कट्वाल रहेका छन् ।

प्रतिक्रिया