फिर्ता नभए तोडिन्छ : वैद्य

बनेपा : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आम हडताल फिर्ता नभए तोड्ने चेतावनी दिएका छन् । बनेपामा उद्योग वाणिज्य सङ्घ काभ्रेले शनिवार आयोजना गरेको २३ औा वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै अध्यक्ष वैद्यले भने, हामी बन्दको विपक्षमा छाौ तर बन्द भए निजी क्षेत्रले त्यसलाई तोड्छ । उनले बन्दको विपक्षमा माओवादी अध्यक्ष वैद्यसाग कुरा गरेको समेत जानकारी दिए । वैद्य सहितको ब्यवसायीहरुको टोलीले शुक्रवार मात्रै पनि नेकपा– माओवादीका नेताहरुलाई भेटेर १० दिने बन्द फिर्ता लिन आग्रह गरेको थियो । अध्यक्ष वैद्यले दलहरूको घोषणापत्रमा निजी क्षेत्रको भावनाको कदर भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रले न्यूनतम आर्थिक एजेन्डामा पााचै क्षेत्रको विकासलाई समेट्ने कोसिस गरेको बताए । (सौस)

प्रतिक्रिया