जाजरकोट, २३ कात्तिक । एमाले क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार डम्मरबहादुर सिंहले निर्वाचन आचारसंहिता बिपरित समुदायिक विद्यालयमा आमसभा गरेको आरोप लागेको छ ।
खगेनकोट–७ स्थित श्रीपञ्चभयार मावि जिकुवामा एमालेले आचार संहिताको ठाडो उल्लंघन गरेर चुनावी सभा गरेको एमाओवादीद्वारा जारी बुलेटीनमा उल्लेख छ । सभाको कांग्रेसले पनि बिरोध गरेको छ ।
एमाओवादी र कांग्रेसले विद्यालयमा कार्यक्रम नगर्न अनुरोध गरे पनि प्रहरीको घेरा भित्र एमाले चुनावी सभा गरेको जनाईएको छ ।
प्रतिक्रिया