‘तोकिएको समायमा चुनाव गर्न सबैको दबाव’

Sushil-Koirala-in-Chitwanचितवन, २१ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले मसिर ४ को चुनाव कसैले रोक्न नसक्ने दोहर्‍याएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज (बिहीबार) भरतपुर विमान स्थलमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै परिस्थिति चुनावको पक्षमा रहेको बताए । तोकिएको समयमा चुनावका लागि सबै क्षेत्रबाट दवाव आईरहेको उनले बताए ।

उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य शान्तिपूर्ण संघर्षको पक्षमा रहेको बताए । ‘मोहन वैद्यजी चुनाव वहिस्कार शान्ति पूर्ण रुपमा गर्ने पक्षमा हुनुहुन्छ,’ कोइरालाले भने, ‘चुनावमा कसैको अवरोध हुँदैन ।’

उम्मेदवार र तिनका सवारी साधन माथि अहिले भईरहेका आक्रमणलाई छिटफुट घटनाका रुपमा लिन सबै सभापति कोइरालाले आग्रह गरे । ‘द्वन्द्वका वेलामा समेत पाकिस्तानमा ६५ प्रतिशत् मत खसेको छ,’ उनले भने, ‘सविधान सभाको दोस्रो निर्वाचनमा पनि जनताको लहर जागेको छ ।’

उनले सविधान सभाको निर्वाचनपछि स्थानीय निकायको चुनाव गर्ने बताए । ‘स्थानीय निकायको चुनावका लागि पनि तयारी भईरहेको छ,’ सभापति कोइरालाले भने ।

प्रतिक्रिया