कुइँकेलको गाडीमा आगजनी

काठमाडौं : काठमाडौं–४ का एमाले उम्मेदवार निर्मल कुइँकेलले चुनाव प्रचारमा प्रयोग गरेको गाडी शनिबार आगजनी भएको छ । मैतीदेवीमा रोकिराखिएको गाडीमा शनिबार साँझ आगजनी भएको हो ।
चालक गाडी रोकेर खाना खान गएका बेला अज्ञात समूहले बा.३च ५२५४ नम्बरको गाडीमा आगजनी गरेको हो । आगलागीले गाडी क्षतिग्रस्त भएको छ । आगो लगाउने समूहको पहिचान हुन सकेको छैन । एमाले काठमाडौं–४ प्रचार–प्रसार समितिले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
निर्वाचनमा सहभागी उम्मेदवारको गाडी निशाना बनाइन थालेपछि प्रहरीले उम्मेदवार र सहयोगीलाई जहाँ पायो, त्यहाँ गाडी नछाड्न, सुरक्षित स्थानमा पार्किङ गर्न र प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ । मैतीदेवी घटना अनुसन्धान गर्न चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया