किशोर र निताको यो कस्तो प्रेम

Neeta-Dhunganaकाठमाण्डौ : मंसिरको दोस्रो साता नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘उर्वशी’को शिर्ष गीत ‘उर्वशी …’ सार्वजनिक भएको छ। शक्रवार ठुलोपर्दा डटकमबाट सार्वजनिक गीतमा विकाश चौधरीको संगीत, प्रविशा अधिकारी र सन्तोष लामाको स्वर तथा शंकर अधिकारी ‘घायल’का शब्द रहेका छन्।
चलचित्रमा समावेश अन्य गीतहरुमा विरेन्द्र अग्रहरी र अर्जुन कौशलको संगीत रहेको छ। सन्तोष अग्रहरी, जानकी पन्थ र कृष्ण कार्कीका शब्द तथा राजेश पायल राई, ईन्दिरा जोशी, सन्तोष लामा, प्रविशा अधिकारी, रजिना रिमाल, आकांक्षा बस्याल र अर्जुन कौशलको स्वर रहेको छ।
मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’लाई हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेका छन् । किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ (डेब्यू), मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्न्द्र पुरी, शुशिल थापा लगायतका कलाकारहरुको अभिनय गरेका छन् । (सौस)

प्रतिक्रिया