तेक्वान्दोमा राणाको नेतृत्व

काठमाडौ : नेपाल तेक्वान्दो संघले प्रकाश शम्शेर राणाको नेतृत्वलाई निरन्तरता दिएको छ । संघको झापामा सम्पन्न साधारण सभाले राणालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । साधारण सभाले सञ्जिव रेग्मी, भोज बहादुर शाह र हरिश्वर पोख्रेललाई उपाध्यक्षमा चयन गर्‍यो । यसैगरी, दिपराज गुरुङ महासचिव र दिल बहादुर वली कोषाध्यक्षमा चयन भए ।
सदस्यहरुमा बद्री घिमिरे, नवीन श्रेष्ठ, परलिता मल्ल, अर्जुन बहादुर विक,सुमन घले, टार्जन सुब्बा, दिपक विष्ट, नोर्बु लामा र कोसिसबहादुर खड्कालाई निर्वाचित गरेको छ । त्यस्तै नेपाली खेलकुदकी सर्वकालीन उत्कृष्ट व्यक्तित्व संगीना बैद्य पनि सदस्यमा निर्विरोध भइन् । निर्वाचीत कार्य समितीले सुनील मल्ल, टेकराज जोशी, संजिव तुलाधर र पंकज श्रेष्ठलाई उपाध्यक्षमा मनोनीत गर्‍यो । त्यस्तै नन्दुकुमार राई सचिवमा निर्वाचीत भए । सदस्यहरुमा श्याम डंगोल, रवि थापा, जर्नादन केसी, पूर्णसिंह बोहरा, कसिम मिया, श्रीमान थापा र मदन केसी मनोनीत भए ।
त्यस्तै, अर्जुन बहादुर विक ग्रेडिङ समितीका अध्यक्ष, मिन थापा निर्णायक समितीका अध्यक्ष, टेकराज जोशी प्रतियोगिता समितीका अध्यक्ष, हरिश्रवर पोख्रेल विकास समितीका अध्यक्ष, टिम व्यवस्थापन समितीका अध्यक्ष सञ्जिव तुलाधर, विद्यालय व्यवस्थापन समितीका अध्यक्षमा परलिता मल्ल र प्रदर्शन तथा प्रचार प्रसार समितीका अध्यक्षमा श्याम डंगोल चयन भए । महिला शशक्तिकरण समितीको अध्यक्षमा नन्दा बत्स्याल, मुल्यांकन तथा अनुशाशन समितीको अध्यक्षमा ध्रुब गुरुङ र लेखा समितीमा दिल बहादुर वलीलाई चयन गरिएको छ । बैदेशिक समन्वय समितीमा मदन केसी र पारा विकास समितीमा जर्नादन केसीलाई जिम्मेवारी दिइयो । (सौस)

प्रतिक्रिया