एमाओवादी र एमाले कार्यकर्ताबीच झडप

धनगढी, १६ कात्तिक । बाजुरामा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ६ जना घाइते भएका छन् ।

बिहीवार जिल्लाको कोटिला गाविसमा दुवै दलका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । झडमा परी एमाओवादीका देव भण्डारी, केशर भण्डारी, टीका भण्डारी, प्रजन रावत, मनराज भण्डारी र छक्क रावत घाइते भएको एमाओवादीका उम्मेदवार सहदेव बोगटीले बताए ।
घाइते सवैको कोटीला उप–स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । देव भण्डारीको टाउाकोमा छ वटा टााका लागेको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य चौकीका इन्चार्ज जसी विकले बताए ।
कोल्टीमा हुने चुनावी सभामा सहभागि हुन आएका एमाओवादी कार्यकर्ता र चुनावी प्रचारप्रसारका लागि कोटिला पुगेका एमाले कार्यकर्ताबीच झडप भई ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताए ।
सो चुनावी सभा सम्वोधन गर्न एमाओवादी नेता डा. बाबुराम भट्टराई हेलिकप्टर मार्फत कोटिला पुगेका थिए । दुई दलका कार्यकर्ताबीच झडप भएपछि नेता भट्टराईले सभामा करिव १० मिनेट मात्र सम्वोधन गरेर फर्केको स्थानीय बताएका छन् ।
घटना नियन्त्रणमा लिई वातावरण सहज भएको र स्थितिलाई थप नबल्झाउन दुवै दलका नेताबीच छलफल गराईएकोले स्थिति सामान्य भइसकेको बाजुरा प्रहरी प्रमुख डिएसपी जनकराज पाण्डेले बताए ।

प्रतिक्रिया