बम पड्कादैमा निर्वाचन सर्दैन : बिजुक्छे

काठमाडौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले केही छिटफुट घटना भए पनि ४ मंसिरको संविधानसभाको निर्वाचनको मिति सार्न नहुने बताएका छन् । वैदेशिक हस्तक्षेप विरुद्ध देशव्यापी अभियानमा हिडेका बिजुक्छेले शुक्रबार तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘ बम पड्किने सानातिनाघटनाले चुनाव सार्न हुदैन । ’ यस अघि पनि केही असहज परिश्थ्तिीमा निर्वाचनभ एको बताउदै उनले यसैलाई आधार मानेर स्थगित हुन नहुने विचार व्यक्त गरे । (सौस)

प्रतिक्रिया