खोजखबर

‘पार्टीको लोकप्रियताका कारण जित्छु’

सौर्य अनलाइन २०७० कार्तिक १५ गते २:४५ मा प्रकाशित

Nirmal-Kuinkelनिर्वाचन नजिकिँदै गर्दा नेकपाएमाले काठमाण्डौ ४ का उमेदवार निर्मल कुइँकेल जनतासंग भोट माग्दै र घर दैलो गर्नमा ब्यस्त छन् । उनको दैनीकी बिहान देखी साँझ सम्म कार्यक्रता भेटघाट र योजना बनाँउदैमा बित्छ । ४ नम्बर क्षेत्रका स्थायी बासीन्दा कुइँकेललाई आफुले निर्वाचन जित्नेमा पुरा बिस्वास छ । लामो समय राजनीतीसंगै समाज सेवा गरेका उनी आफुलाई क्षेत्रका जनताको अपार साथ रहेको दावी गर्छन । उनी भन्छन् – पहिले जितेका उमेदवार निर्वाचन जिते पछि जनताको बिचमा कहिल्यै फर्केर आएन । म हारे पनि जिते पनि यहि क्षेत्रको बिकास र जनसेवामा जुट्ने भएकाले जनताले मलाई सेवा गर्ने जिम्मोवारी थपिदिने छन् ।
उम्मेदवारी दर्तासंगै दैनिक नौ घण्टा जनताको घरदैलोमा भोट मागेर बिताएका कुइँकेल खाना खाने समय पनि नरहेको बताउँछन् । आफ्नो क्षेत्रबाट बिगतमा निर्वाचन जितेका उमेदवार जनताको बिचमा फर्केर नआएको र जनता उनीहरू संग आक्रोसित भएकोले पनि आफ्नो जित उनले निश्चित देखेका छन् ।
अगिल्लो संविधानसभाले संविधान बनाउन नसकेकाले जनताको रोजाई नयाँ अनुहारतिर आर्कषित भएको उनको दावा छ । घरदैलोमा जाँदा जनताले संविधान निर्माणको साथै, बिकास र निर्माणको काममा प्रतिबद्धता खोजेको उनले बताए –गएको संविधानसभाले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा जनतामा आंशका उत्पन्न भएको छ । यति बेला जनता उमेदवारसंग प्रतिबद्धता खोज्दै छन् । –मलाई धेरै ठाउँका जनताले भने पहिलाको उमेदवारले जस्तो भोटलिने काम मात्र नगर्नु होला । हाम्रो गाउँ र ठाउँको बिकाससंगै संविधान बनाउनु । म जनताको सामु गरेको प्रतिबद्धता पुरा गर्न बाँकी राख्ने छैन । जनताको मतको कदर भएन भने राजतीती प्रति जनताको बिश्वास घट्दै जाने छ र आक्रोस बड्ने छ । म त्यस्तो अवस्था आउन दिने छैन ।
पार्टीको घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धता र जनता बिच हिजो देखी रहेको पार्टीको लोकप्रियताका कारण आफु जित्नेमा उनलाई कुनै शंका छैन । उनी भन्छन् –हिजो पनि हामी जनताको सेवामा समर्पित थियौं आज पनि छौ भोली पनि रहने छौ त्यसैले जनताले एमाले र एमालेका नेता कार्यक्रता प्रति सधै सदभाव राख्छन्. । त्यसैले सबै तिर एमालेको बिजय सुनिश्चित छ । म सधै राजनीती को साथै सामाजीक काममा सक्रिय रहे जनताको सेवा गर्नु र सामाजीक काम गर्नु मेरो रुचि हो । आफ्नो ब्यत्तित्व र पार्टीको सिद्धान्तको कारण एमाले प्रति जनताको आर्कषण बडेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय