जगदीशलाई स्वर्ण

ghodchadi

इतिहाद दोश्रो राष्ट्रिय घोडचढी प्रतियोगिता

काठमाडौं: इतिहाद दोश्रो राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्प (पुसेन्स) मा जग्दीश घिसिङले बिहीबार स्वर्ण जितेका छन् । टुंडिखेलमा भएको प्रतियोगितामा रामहरि खड्का दोश्रो र रवि केसी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले ३० हजार, २० हजार र १० हजार रुपिया पुरस्कार पाए । नेपाल इक्वेस्ट्रियन संघद्वारा आयोजित प्रतियोगिताको टेन्ट पेगिङमा रुद्रबहादुर कार्की पहिलो, सुनील केसी दोश्रो र गोविन्द खड्का तेश्रो स्थानमा रहे ।
सो जम्पमा रामहरि खड्का, जग्दीश घिसिङ र समिर थापाले क्रमश: शीर्ष तीन स्थान हात पारे । टेन्ट पेगिङ र सो जम्पका विजेताले समान नगद पुरस्कार पाए । पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार पुरस्कार प्राप्त गरे । तीनै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी नेपाली सेनाका हुन् ।
त्यस्तै हर्स बल सो, फाउल्ट एन्ड आउट सो (महिला) तथा चिल्ड्रेन सोलाई प्रदर्शनी खेलका रूपमा राखिएको थियो ।
विजेतालाई आयोजकका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र सेना प्रमुख गौरवशम्शेरजंगबहादुर राणाले पुरस्कृत गरे । प्रतियोगिताको पहिलो संस्करण गत चैतमा पोखरामा भएको थियो ।

प्रतिक्रिया