गौतम भोट माग्न गाउँ–गाउँमा

Bamdev-Gautam

वामदेव गौतम

बर्दिया, १५ कात्तिक । एमाले केन्द्रीय उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार वामदेव गौतमले बर्दिया जिल्लालगायत देश विकासका लागि नेकपा एमालेको नेतृत्वमा आगामी संविधान सभा बन्नुपर्नेमा जोड दिएका छन् ।

घरदैलो अभियान मार्फत भोट माग्न बिहिबार बर्दियाको विकट क्षेत्र मानिएको मोतिपुर गाविसको असनेरीमा पुगेका उपाध्यक्ष गौतमले अबको चुनावमा आफु विजयी हुनेमा कुनै आशंका नरहेको बताए । उनले अरु पार्टी भन्दा नेकपा एमाले निकै अगाडि भएको कारणले अब कुनै पार्टी आफ्नो प्रतिस्पर्धी हुन नसक्ने बताए ।
एमालले राखेको पार्टी नीतिको बारेमा जाननकारी गराउँँदै गौतमले देशको संविधान बहुपहिचान सहितको संविधान बनाउनु पर्ने र त्यसैको आधारमा राज्यको पुर्नसंरचना गरिने जानकारी गराए । उनले भने, ‘नेपालमा अझैपनि सामान्ती शोषणको अवशेष रहेकाले गरिब जनता समस्यामा परेका छन् । नेकपा एमालेको सरकार बनेपछि सबै भन्दा पहिले सामान्ती अवशेषको अन्त्य गर्नेछ ।’ आगामी पाँच बर्षमा सुकुम्बासी मुक्तकमैया हलियालगायतका समस्या समाधान गर्ने बताउँदै गौतमले भने, ‘भुमिसुधार लागु गरेर आगामी पाँच बर्षमा अहिलेको तुलनामा ३ गुणा भन्दा बढि कृषि उत्पादनमा बृद्धि गर्ने योजना छ ।’ नौ महिने सरकारको पालमा थोरै समयमा एमालेले थुप्रै जनमुखी कार्यक्रम ल्याएको र त्यसबाट जनताले प्रत्यक्ष फाइदा पाएको स्मरण गराउँदै उम्मेदवार गौतमले जनताले स्पष्ट बहुमत दिए जनमुखी कार्यक्रम मार्फत एमालेले मुलुकलाई विश्वकै नमूना बनाउने दावी गरे । गत कार्तिक ४ गते देखि बर्दिया क्षेत्र नं १ मा घरदैलो अभियान सुरु गरेका गौतमले अहिले सम्म १ हजार २ सय अन्य पार्टीका सक्रिय कार्यकर्तालाई पार्टी प्रवेश गराई सकेका छन् ।

प्रतिक्रिया