द्वन्द्वबाट जोगिन चुनाव र नयाँ संविधान

Shankar-Pokharelकाठमाडौं, १३ कात्तिक । एमालेका सचिव शंकर पोख्रेलले मुलुकमा नयाँ संविधान निमार्ण हुन नसके पुन: द्वन्द्व निम्तने बताएका छन् । सोही कारण मुलुकमा बैदेशिक हस्तक्षेप पनि बढने खतरा रहेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा पोख्रेलले मंसिर–४ को संविधान सभाको निवाचन अपरिहार्य रहेको बताए ।

‘संविधान सभाको दोस्रो निर्वाचनले मात्र देशलाई निकास दिन्छ,’ उनले भने, ‘उपलब्धीलाई संस्थागत गर्न पनि नयाँ संविधान आवश्यक छ ।’

सचिव पोखरेलले एमाले देशको पहिलो शक्ति भए कांग्रेस र माओवादी दुबैलाई सहमतिमा ल्याएर संविधान निमार्ण गर्ने बताए ।

प्रतिक्रिया