महायज्ञमा चालीस लाख सङ्कलन

कञ्चनपुर : प्राविधिक शिक्षालय स्थापना र उच्च माविको भौतिक संरचना निर्माणार्थ कञ्चनपुरको अमरपुरमा सञ्चालन गरिएको महायज्ञमा तीन दिनको अवधिमै ४० लाख सङ्कलन भएको छ । झलारी–९ स्थित सरस्वती माध्यमिक विद्यालयले प्राविधिक शिक्षालय र उच्च माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि कात्तिक ७ देखि १४ गतेसम्म कञ्चनपुर महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन गरेको हो । महायज्ञमा विद्यालयका पूर्व अध्यक्ष दलबहादुर ऐरले पाँच कठ्ठाा र स्थानीय विष्णादेवी ऐरले पााच धुर जग्गा दान गर्नुभएको महायज्ञ सञ्चालन मूल समितिका वरिष्ठ उपाध्यक्ष भक्तराज जोशीले बताए । उनकाका अनुसार सबैभन्दा बढी स्थानीय रामअवतार रानाले एक लाख ११ हजार १ सय ११, पदमबहादुर ऐरले ७५ हजार, जनकबहादुर विष्टले ५१ हजार र भक्तराज जोशीले २१ हजार दान गरेका छन् । जग्गा दान, तुलादान, शालिग्राम पूजा, गौदान, धान्य पर्वत शीर्षकअन्तर्गत ४० लाख रकम सङ्कलन गरिएको वरिष्ठ उपाध्यक्ष जोशीले बताए । दैनिक ४० हजारको हाराहारीमा नगद रकम सङ्कलन भइरहेको उनको भनाइ रहेको छ । (सौस)

प्रतिक्रिया