अनाथलाई सहयोग

काठमाडौं, १२ कात्तिक । अमेरिकामा बस्दै आएका नेपालीहरूको संस्था एचडिएनपीले कुपन्डोलमा रहेको पापाज होममा आश्रित २० जना बालबालिकालाई सहयोग गरेको छ । एचडिएनपीले सोमबार काठमाडौंमा एक कार्यक्रमका माझ जम्मा भएको रकम हस्तान्तरण गरेको हो । संस्थाले पापाज होमलाई जाडोका लागि कपडा तथा खानेकुरा सहयोग गरेको छ ।

सहयोग वितरण गर्दै संस्थाका संस्थापक देवी आचार्यले विदेशमा रहेर मातृभूमिको सेवा गर्न पाउँदा आफू हर्षित भएको बताए । उनले विदेशमा रहेका नेपालीको सहयोगबाट नेपालमा सामाजिक सेवा गर्ने लक्ष्य रहेको पनि जनाए । संस्थाले यसअघि पनि पटकपटक अनाथ बालबालिकाका लागि विभिन्न सहयोग प्रदान गरेको थियो । यस्तै, एचडिएनपीले पशुपतिमा रहेका असाहायहरूलाई सहयोग गरेको छ । पशुपतिमा रहेका सयभन्दा बढी असहायहरूलाई जाडोमा प्रयोग हुने लत्ताकपडाका साथै खानेकुरा तथा फलफूल वितरण गरेको हो ।
संस्थाले नेपालमा रहेका असाहयहरूलाई सहयोग गर्दै जाने बताएको छ । अध्यक्ष आचार्यले प्रत्येक महिनाको दुईपटक नेपालभित्र रहेका संस्थाहरूमार्फत सहयोग हस्तान्तरण गर्ने बताए ।

प्रतिक्रिया