खोजखबर

बैदेशिक रोजगारमा जाने संख्या बर्षेनी बढ्दो

सौर्य अनलाइन २०७० कार्तिक ९ गते २३:२७ मा प्रकाशित

Baidesik-Rojgariकाठमाडौं, १० कात्तिक । नेपालमा दिन प्रतिदिन बेरोजगारीको सख्या बढ्दै गएका कारण रोजगारीका लागि विदेशिने नेपाली कामदारको संख्या वर्षेनि बढदै गएको छ । २०४८ साल देखी नेपालीहरु विदेशमा काम गर्न जान थाले पनि बैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०५०/०५१ देखीको तथ्याङ्क राख्न थालेको थियो । उक्त तथ्याङ्कलाई आधार मान्दा आव २०५०/०५१ देखी चालु आ.व.को भदौ मसान्त सम्म रोजगारीका लागि विदेशिने नेपाली कामदार संख्या २९ लाख ८९ हजार ३ सय ९३ जना पुगेको छ ।

बैदेशिक रोजगारमा जाने नेपालीको संख्या आ.व २०६८/०६९ को तुलनामा आ.व ०९६/०७० मा ६८ हजार ८ सय ७८ ले बढेको छ । यो क्रम वर्षे नि बढदै गएको छ । वैदेशिक रोजगारीका लागि खुल्ला गरिएका १ सय ९ मुलुक मध्ये हाल इराकमा नेपाली कामदारका लागि रोक्का गरिएको छ, बाँकी १ सय ८ मुलुकमा कामदार जाने क्रम घटेको छैन । रोजगारीका लागि कामदार विदेशिने मुलुकमा सबै भन्दा बढी कतार, मलेसिया, ओमान, यूएई, कुबेत, साउदी अरब, बहराईन, जापान लगाएतका देशहरु बढी आकर्षको रुपमा रहेका छन् ।
नेपालमा उद्योग धन्दा प्रयाप्त मात्रामा छैनन, भएका पनि बन्द छन । यो क्रम बढ्दो छ त्यसैले नेपालमा रोजगार नपाएर नेपाली कामदार विदेशिन बाध्य भएका छन् । नेपालमा ३०/४० हजार तलव भएपनि विदेशी कम्पनिमा राम्रो विज्ञापन भएका कारण बाध्यता वश विदेशिने गरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले भने, ‘रोजगारीका लागि विदेशिने नेपालीमा केही बाध्यताले विदेशिएका छन, केहि छरछिमेकी वा आफन्त विदेशिमा गएर पैसा कमाएको देखेर विदेशिएका छन ।’ नेपाली कामदार यसरी विदेशिनु नेपालका लागि दिर्धकालीन समाधान नभएनि तत्कालका लागि बाध्यता रहेको आचार्यको भनाई छ । नेपालको जिडिपीमा रेमिट्यान्सले २३ प्रतिशत सहयोग गरेता पनि लामो समय सम्म नेपालका यूवा विदेशिएर नेपालको अर्थतन्त्र धान्न नसकिने उनको ठम्याई छ । विदेशबाट आएको रेमिट्यान्सलाई सरकारले उपयोग गर्न सके केही मात्रामा देशको अर्थतन्त्र अगाडि बढन सघाउ पुग्ने आचार्यले बताउँछन । देशमा रोजगारी नभएका कारण यो समस्या आएको हो आचार्यले भने, ‘नेपालले रोजगार नीतिमा चाहेजति सफलता पाउन सकेन ।’ रोजगारीका लागि आव २०६८/०६९ मा नेपाली कामदार विभिन्न देशमा जाने क्रम बढेको छ, जसमा रोजगारीका लागि कतार जाने कामदार मध्ये पुरुष १ लाख ४ हजार ६ सय ८५ र महिला ९ सय ९९ सहित १ लाख ५ हजार ६ सय ८१ रहेका छन् । त्यसैगरि अर्को आकर्षकको केन्द्र मानिएको रोजगार दाता मुलुक मलेसियामा पुरुष ९६ हजार १ सय ५७ र महिला २ हजार २ सय १० सहित ९८ हजार ३ सय ६७ रहेका छन् । त्यस्तै साउदी अरबमा पुरुष कामदार ८० हजार २ सय १८ र महिला २ सय ३७ सहित ८० हजार ४ सय ५५ रहेका छन् । यस्तै यूएईमा पूरुष कामदार ४९ हजार ९ सय ५९ र महिला ४ हजार ५ सय २३ सहित ५४ हजार ४ सय ८२ रहेको विभागको तथ्याङकले देखाएको छ । कुबेतमा पुरुष १२ हजार ८० र महिला १२ हजार ४ सय ९५ सहित २४ हजार ५ सय ७५ रहेका छन् ।
त्यस्तै बहराईन पुरुष ५ हजार ३ सय ३३, महिला ५ सय ३२ सहित ५ हजार ८ सय ६५ रहेको छ । ओमानमा पुरुष २ हजार ८ सय ६८, महिला २ सय ९५ सहित ३ हजार १ सय ६३ रहेका छन् । पछिल्लो समयमा दक्षिण कोरियामा रोजगारीमा जानका लागि थारै रकम खर्चेर जादाँ धेरै आम्दानी हुने भएकाले नेपाली कामदारको आकर्षक यो देशमा बढन थालेको छ । फलस्वरुप दक्षिण कोरियामा पुरुष कामदार ५ हजार ३ सय १५, महिला ३ सय १२ सहित ५ हजार ६ सय २७ रहेका छन् । लेबनानमा पुरुष ३८, महिला २ सय ५ सहित २ सय ४३ रहेका छन । इजरायलमा पुरुष १ सय २, महिला ४ सय ७२ सहित ५ सय ७४ रहेका छन् भने अफगानिस्तानमा पुरुष ८ सय २२ र महिला १ सहित ८ सय २३ रहेका छन । जापानमा पुरुष १ हजार ३६, महिला १ सय ८ सहित १ हजार १ सय ४४ रहेको विभागको तथ्याङकले देखाएको छ ।
यसका अलावा अन्य मुलुकमा रोजगारीका लागि विदेशिने नेपाली कामदारमा आ.व २०६८/०६९ मा पुरुष कामदार ३ लाख ६१ हजार ७ सय ७ र महिला २२ हजार ९ सय ५८ सहीत ३ लाख ८४ हजार ६ सय ६५ नेपालीले पसिना विदेशि भूमिका खर्चने गरेको विभागको तथ्याङकले देखाएको छ । पुरुष ९७ दशमलव ६ प्रतिशत छन भने, महिला २ दशमलव ९४ प्रतिशत रहेको विभागको तथ्याङकले देखाएको छ । नेपाली कामदार रोजगारीका लागि विदेशिने क्रम घटनुको साटो बढदै गएको छ । नेपालमा राजनीतिक स्थिर नहुनु, रोजगारीको वातावरण सहज रुपमा सृजना नहुनु, बेरोजगारि बढनु जस्ता प्रमुख कारणले गर्दा नेपाली रोजगारीका लागी विदेशिदै आएका छन् । यो क्रम आव २०९६/७० मा आएर पनि रोकिएको भने छैन । परिणाम स्वरुप बढदै गएको विभागको तथ्याङकले देखाएको छ । आव २०६९/०७० मा बैदेशिक रोजगारिमा जाने कामदारमा कतारमा पुरुष १ एक लाख २ हजार चार सय ७४ जना, महिला १ हजार १२ जना सहित १ लाख तीन हजार चार सय ६८ रहेका छन् । यस्तै मलेसियामा पुरुष १ लाख ५१ हजार १३, महिला ७ हजार एक सय ९९ सहित १ लाख ५८ हजार २ सय १२ कामदार रोजगारीका लागि मलेसिया पुगेका छन् । उता साउदी अरबमा पुरुष ९६ हजार ३ सय २८,महिला ६ सय ६७ सहित ९६ हजार ९ सय ९५ रहेका छन् । यूएईमा पुरुष ५० हजार २ सय ३५, महिला ८ हजार २ सय १२ सहित ५८ हजार ४ सय ४७ रहेका छन् । कुबेतमा पुरुष ९ हजार ८ सय ७३, महिला ७ हजार ४ सय सहित १७ हजार २ सय ७३ रहेको छ । बहराईनमा पुरुष ३ हजार ९ सय १३, महिला ३ सय ५ सहित ४ हजार २ सय १८ रहेको छ । ओमानमा पुरुष ३ हजार ५४, महिला ९ सय १९ सहित ३ हजार ९ सय ७३ रहेको छ । दक्षिण कोरिया (इपिएस अन्तर्गत) मा ४ हजार २ सय ४८, महिला १ सय ९२ सहित ४ हजार ४ सय ४० रहेका छन् । लेबनानमा पुरुष २ सय २०, महिला ३ सय ६९ सहति ५ सय ८९ रहेका छन् । इजरायलमा पुरुष ७० र महिला ७० सहित १ सय ४० रहेका छन्, भने अफगानिस्तानमा ३ सय ५३, महिला ३ सहित ३ सय ५६ रहेका छन् ।
त्यसैगरी जापानमा पुरुष १ हजार १ सय २, महिला १ सय २६ सहित १ हजार २ सय २८ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी नेपालबाट आ.व २०९६/०७० मा वैदेशिक रोजगारीमा जानेमा पुरुष ४ लाख २४ हजार ८ सय ३० र महिला २७ हजार ७ सय १३ सहित रोजगारीमा जाने नेपाली कामदार ४ लाख ५३ हजार ५ सय ४३ रहेका छन् । आव २०६९/०७०मा रोजगारिका लागी विदेशिनेमा पुरुष ४ लाख २५ हजार ८ सय ३० रहेका छन् भने महिला २७ हजार ७ सय १३ रहेका छन । जम्मा विदेशिने नेपाली कामदार ४ लाख ५३ हजार ५ सय ४३ रहेका छन । अर्थात पुरुष ९३ दशमलव ८९ र महिला ६ दशमलव ११ प्रतिशत रहेछन । विगत केही समय यता नेपालबाट विदेशिने नेपाली कामदारमा मलेसिया प्रमुख गन्तव्य बन्दै गएको छ । मलेशियामा बहुराष्ट्रिय कम्पनिको लगानी भित्रने क्रम बढेको छ । पूर्वाधार विकासका काम दु्रतगतिमा अघिबढेको छ । त्यहाँ दक्ष अर्धदक्ष तथा अदक्ष कामदारको माग पनि सोही अनुरुपमा बढेको छ । मलेसीयामा खुल्ला समाज भएका कारण नेपालीका लागी यो देश प्रमुख गन्तव्य बन्दै गएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय