स्थानीय उत्पादनको उत्साहजनक व्यापार

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नं १४ स्थित चोभारको आदिनाथ मन्दिरमा लागेको मेलामा स्थानीय उत्पादनको उत्साहजनक व्यापार भएको छ । गत १ कात्तिक गतेदेखि लागेको एक महिनाको मेलाको सुरुका दिनमा नै स्थानीय उत्पादनले बजार ओगट्न सफल भएको हो ।
कीर्तिपुरलगायत काठमाडौा दक्षिण भेगका चाल्नाखेल, डल्लु, सेतीदेविलगायतका स्थानमा उत्पादित भटमास, बोडी, मासका साथै अमला जस्ता वस्तुको राम्रो व्यापार हुने गरेको व्यापारमा संलग्न मधुकुमारी महर्जनले बताए ।
मेलाका कारण बिहानको समयमा विभिन्न स्थानबाट दर्शनार्थीको अत्यधिक चाप हुने गरेको र दर्शनार्थीले स्थानीय उत्पादन किनेर लैजाने गरेको उहााले बताए । मेलामा दूधबाट तयार गरिने खुवाको पनि राम्रो व्यापार भइरहेको स्थानीय लक्ष्मी श्रेष्ठले जानकारी गराए । उनका अनुसार खुवाको व्यापार प्रतिकिलो चारमा भइरहेको छ । असोज शुक्ला पूर्णिमा (कोजाग्रत पूर्णिमा) देखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनाभर लाग्ने मेलामा सहभागी भई आदिनाथ भगवान्को दर्शन गरे कुष्ठरोगबाट मुक्त हुने जनविश्वास रहेको छ । (सौस)

प्रतिक्रिया