अख्तियार प्रमुखको चीन भ्रमण

काठमाडौं, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की शनिबार चीन प्रस्थान गरेका छन् । चीन सरकारको निमन्त्रणामा कार्की साताव्यापी भ्रमणका लागि बेइजिङतर्फ लागेका छन् । भ्रमणका दौरान कार्कीले चिनियाँ अधिकारीसँग सुशासन प्रवद्र्धन एवं दुई देशबीच हुने प्रशासनिक सुधारका विषयमा छलफल गर्ने जानकारी आयोगका प्रवक्ता श्रीधर सापकोटाले दिए । प्रमुख आयुक्त कार्कीका साथ आयोगका सचिव केशवप्रसाद भट्टराई, आयोगमा कार्यरत एकजना प्रहरी निरीक्षक र अन्य एक जना कर्मचारी टोलीमा सहभागी छन् । नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवानलगायत अन्य चार सहरको पनि भ्रमण गरी उच्च अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । प्रमुख आयुक्तमा नियुक्त भएपछि कार्कीको यो पहिलो वैदेशिक भ्रमण हो ।

प्रतिक्रिया