सिन्धुले ल्याईन् ‘सुनगाभा’

sungavaगीतकार सिन्धु राणाको गीति एल्बम ‘सुनगाभा’ शुक्रबार सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रममा राणाका तीन जना नातिनीहरुले एल्बमको संयुक्त रुपमा विमोचन गरे । राणाले रचना गरेका ७ वटा गीत समावेश सुनागामा विभिन्न गायक, गायिकाहरुले स्वर दिएका छन् । एल्बम विमोचन कार्यक्रममा एल्बमका गीतका भिडियोहरु पनि देखाइएको थियो । राणाको यो दशौं गीति एल्बम हो । (सौस)

प्रतिक्रिया