प्रहरीको कुटाईबाट उप्रेती गम्भीर घाईते

Congress-flagकाठमाडौं, ७ कात्तिक । प्रहरी निरीक्षक केबी चन्दको लठी प्रहारबाट गम्भीर घाइते कांग्रेस धादिङका कार्यकर्ता अर्जुन उप्रेतीको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।
चुनाव प्रचारका क्रममा धादिङ क्षेत्र नम्बर ३ का उम्मेदवार बुद्धलक्ष्मी लामालगायतका कार्यकर्ता माथि बुधबार प्रहरीले लाठीचार्ज गरेको थियो । लाठी लागेर उप्रेती गम्भीर घाईते भएका हुन् ।
प्रहरीले बुधबार साँझ चुनाव प्रचारका लागि गाडीमा राखिएको पार्टीको झण्डा च्यात्नुका साथै प्रचार प्रसारका लागि हिडेका कार्यकर्तामाथि अन्दाधुन्द लाठी प्रहार गरेको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसका अनुसार प्रहरीले आचार संहिता उलंघन भएको जनाएलगतै कार्यकर्तालेनै झण्डा हटाउने बताउँदा बताउँदै जबरजस्ती गाडीबाट झण्डा हटाउन खोजे पछि झडप भएको थियो । प्रहरीले झण्डा च्यातिदिएकोमा कांग्रेसले आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया