टपलेस हुन मानिनन् सन्नी

sunny-leone_टपलेस नायिका सन्नी लियोन के अब सााच्चिकै सुध्रिएकै हुन् त ? यो सबैका लागि जिज्ञासाको बिषय बनेको छ । अन्तर्राष्ट्रियस्तरमै पोर्न स्टारका रुपमा चिनिएकी सन्नीले एउटा चलचित्रमा भने टपलेस हुन अस्वीकार गरेकी छिन् ।
पोर्न चलचित्र खेल्दै गर्दा बलिउडमा छिरेकी सन्नी पछिल्लो समय समेत श्रीमानसंग मिलेर पोर्न चलचित्र निर्माण गर्ने गरेको बताईदिदै आएको छ । केहि समय अघि मात्र सञ्चारकर्मीसंग आफु पोर्न फिल्म नखेल्ने मनस्थितिमा रहेको बताएकी सन्नीले न्यून दृश्य दिन अस्वीकार गर्दै सबैलाई आफु सुध्रिएको संकेत त गरेकी होइनन् ? आखिर जे होस्, पोर्न स्टार सन्नीले उनको छायांकनमा रहेको चलचित्र ‘रागिनी एमएमएस २ को एक दृश्यमा न्यूड बन्न अस्वीकार गरेकी हुन् । हरर चलचित्र ‘रागिनी एमएमएस’ मा खुलेरै अंगप्रदर्शन गरेकी सन्नीले अहिले भने अंगप्रदर्शनमा कञ्जुस्याई गरेकी हुन् ।
चलचित्रमा बाथरुममा नुहाउादै गरेको न्यूड दृश्य छायांकन गर्नुपर्ने थियो । निर्देशकले छायांकनका क्रममा उनलाई न्यूड हुन निर्देशन त दिए तर उनले ठाडै अस्वीकार गरिदिईन । उनले न्यूड नहुने बरु विकिनी लगाउने भनेपछि एकपटक ट निर्देशक नै समस्यामा परे । तर, सन्नीका अगाडि निर्देशकको केही लागेन र सन्नीकै माग अनुसार विकिनीमा उक्त दृश्य छायांकन गर्न चलचित्र यूनिट बाध्य भयो । बलिउडका नायिकाहरु प्रतिस्पर्धामा अगाडि आउन विभिन्न हत्कण्डा मच्चाईरहेका हुन्छन् । कोही आईटम डान्स त कोही मज्जैले अंगप्रदर्शन गरेर । नायिका शर्लिन चोपडा र पुनम पाण्डेयकै कुरा गर्ने हो भने पनि उनीहरुले नुहाईरहेकै न्यूड तस्विर समाजिक सञ्जालमा सेयर गरेका थिए । यति मात्र होइन यी नायिकाहरु नांगिएकै कारण पटक पटक चर्चामा आईरहेका छन् । यही भीडमा सन्नीले भने न्यूड हुन नमानेपछि चलचित्र यूनिट जिल्लिनु अस्वभाविक थिएन ।
चलचित्र निर्माताले रागिनी एमएमएस २ मा सन्नीका केहि तस्विरहरु सार्वजनिक गरेको छ । न्यूड दृश्य दिन अस्वीकार गरे पनि अहिले सार्वजनिक गरिएका तस्विरमा सन्नी निकै हट देखिन्छिन् । उनको पहिरन र अनुहारमा कामुकता प्रष्टै देखिन्छ । जनवरी १७ देखि प्रदर्शनमा आउने उक्त चलचित्रको छायांकनको काम पुरा नसकिएको सन्नीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेकी छिन् । ‘फिल्मको केहि छायांकन बााकी छ, हामी चाहन्छौं कि चलचित्र पर्फेक्ट बन्ने छ र सबैले मन पराउने छन्’ उनले भनेकी छिन्, ‘मलाई बालाजीसंग काम गर्न पाउादा निकै खुसी लाग्यो ।’

प्रतिक्रिया