गोरखामा तीन दलको दावी

गोरखा : संविधानसभाको दोस्रो निर्वाचन नजिकिँदै गर्दा गोरखामा दलहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । गोरखामा रहेका एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा आफूहरूले जित्ने दाबी गरेका छन् ।
गत संविधानसभा निर्वाचनमा तीनवटै क्षेत्रमा एमाओवादी विजयी भएको थियो । यस वर्षको निर्वाचनमा नेपाली कांग्रेस र एमाओवादीले नयाँ अनुहारलाई उठाएका छन् भने नेकपा एमालेले क्षेत्र नं. २ मा नयाँ उम्मेदवारलाई अघि सारेको छ ।
निर्वाचन क्षेत्र नम्बर.दुइबाट विजयी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यो पटक गोरखा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । दुईमा एमाओवादीका हितराज पाण्डे, कांग्रेसकी रविकला खनाल र एमालेका बाबुराम अधिकारी चुनावी मैदानमा छन् । यसैगरी कोअपरेटिभ पार्टीबाट सुनिता सापकोटा र मधेसी जनअधिकार फोरमबाट सुशीला ढकाल उम्मेदवार छन् ।
क्षेत्र नम्बर एकमा एमाओवादीबाट डा. बाबुराम भट्टराई, कांग्रेसका किरणबाबु श्रेष्ठ र एमालेका रामशरण बस्नेत प्रतिस्पर्धामा छन् । क्षेत्र नंं. ३ मा एमाओवादीबाट छमबहादुर गुरुङ, कांग्रेसबाट हरिबहादुर घले र एमालेबाट कृष्ण नेपाली
उम्मेदवार छन् ।

प्रतिक्रिया