काँस्कीमा उम्मेदवारको गाडीमा आगजनी

uncp-maoistपोखरा, ६ कात्तिक । काँस्की क्षेत्र नम्बर–१ का एकीकृत माओवादीका उम्मेदवार विष्णु पौडेलले चुनावी प्रचार–प्रसारका लागि प्रयोग गरेको गाडीमा आगजनी भएको छ ।
चुनाव प्रचार–प्रसारका क्रममा आज (बुधबार) विहान सिद्ध गाविस वडा नम्वर तीन पुगेका पौडेलको पार्किङ्ग गरेर राखिएको ग १ च ५१४३ नम्बरको जीपलाई अपरिचित समूहले जलाइदिएको हो । पौडेललाई केही भएको छैन ।
आगजनीबाट जीपमा क्षति पुगेको छ । आगजनीबाट जीपमा रहेका प्रचार सामग्रीहरु पनि जलेको एमाओवादीले जनाएको छ । आगजनीको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया