त्रिविका ६ थान कम्युटर चोरी

TUकाठमाडौं, ५ कात्तिक । त्रिभुवन विश्व विद्यालय अन्तर्गत शिक्षा विकास तथा अनुसन्धान केन्द्रका छ वटा कम्युटर चोरी भएका छन् ।
काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित केन्द्रमा रहेका छ वटा कम्युटर चोरी भएको प्रहरीले जनाएको छ । कम्युटर रहेको तीन नम्बर कोठाको ताला फोडेर चोरहरुले चोरी गरेका हुन् ।
कम्युटार चोरी गर्नेहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ । कम्युटर चोरी भएको आइतबार थाहा भएको थियो ।

प्रतिक्रिया