ट्रक चालकलाई कुटपिट गरी नगद लुटपाट

Lootpatनवलपरासी, ४ कात्तिक । नवलपरासी जिल्लामा अपरिचित समूहले ट्रक चालक नीरबहादुर कुमाललाई कुटपिट गरेर नगद लुटपाट गरेको छ ।
मग्राम–१० स्थित भैरहवा–परासी सडक खण्डमा आइतबार बिहान ५/६ जनाको अपरिचित समूहले कुमाललाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुमालसँग रहेको ३७ हजार रुपियाँ लुटेर सो समूह फरार भएको थियो । रकम लुटे पछि सो समूहले ट्रकको चावी पनि लगेको थियो ।
उनले लु. १ ख ६७४८ नम्वरको ट्रक नारायणघाटबाट भैरहवातर्फ लैजाँदै थिए । २३ बर्षीय कुमाल रुपन्देही जिल्ला करैया–१ निवासी हुन् ।

प्रतिक्रिया