यौन र अंगप्रदर्शनको विरोधी हुँ : उषा

ushaम्युजिक भिडीयोबाट अभिनय सुरुवात गरेकी उषा खनाल पछिल्लो समय अभिनय तिर निखारिदै छिन् । एक दर्जन म्युजिक भिडियो अभिनय पछि चलचित्र अभिनयमा पाइला बढाएकी उषा हाल जीवन शाहीको निर्देशनमा बनिरहेको चलचित्र ‘आर्टिस’मा अभिनय गरी रहेकी छन् ।
‘गाउँबाट नायिका बन्न अडिसन दिन आएको एक युवतीको भूमिका चलचित्रमा मैले निर्बाह गरेकी छु,’ उषाले भनिन्, ‘चलचित्रमा रहेका नायिका मध्ये मेरो भूमिका पनि महत्वपूर्ण छ ।’ चलचित्रमा अभिनेता हिमाल खत्रीको अपोजिट भूमिकामा आफु देखिएको उनले खुलाइन् ।
हुन त उषाको यो पहिलो चलचित्र हो । तर पनि चलचित्रमा ब्याबसायिक नायिकाले भन्दा आफुले कुनै कम काम नगरेको उषाको दाबी छ । अबका निदमा पनि चलचित्र अभिनयलाई निरन्तरता दिने सोचाइमा रहेकी उषा जुन पायो त्यही चलचित्रमा अभिनय नगर्ने बताउछिन् ।
सेक्स र ग्ल्यामरको नाममा खुल्ला हृदयकी उषा अभिनयको नाममा अश्लिल चलचित्र नखेल्ने बताउछिन् । अहिलेसम्म प्रेमको चक्करमा नपरेकी उनी प्रेम प्रस्ताव राख्नेसँग सिधैं बिबाहमा बाँधिने बताउछिन् । भन्छिन्, ‘मलाई प्रेमका नाममा बिश्वास पनि छैन र यसमा समय बर्बाद पार्न म चाहन्न ।’
हसिलो अनुहार मन्दमुस्कानले जो कोहीलाई पनि घायल पार्ने खालकी उषा फुर्सदको समय साथीभाई संग घुम्न मन पराउछिन् । उनी भन्छिन् ‘घुमफिरले जीवनमा नयाँ रंग ल्याउँछ ।’ (सौस)

प्रतिक्रिया