स्वच्छ मासु खरिद गर्न आग्रह

काठमाडौँ, २३ असोज । वधशालमा काटिएका पशुपक्षी र फ्रिजमा राखिएको मासु मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।

वधशालामा काटिएका पशुपक्षीमा रोगको सङ्क्रमण नहुने र फ्रिजमा राखिएको मासुु स्वास्थका लागि फाइदाजनक हुने भएकाले पशुपक्षी निर्देशनालयले उपभोक्तालाई सो आग्रह गरेको हो ।
अरु बेलाभन्दा दसौमा सात गुण बढी मासुको खपत हुने भएकाले विक्रेताले उपभोक्तालाई झुक्याउन सक्ने सम्भावनाबाट बच्न उपभोक्ता आफौ सर्तक हुनुपर्ने निर्देशक डा केशवप्रसाद प्रेमीले बताए ।
मानिसको शरीरलाई आवश्यक पर्ने भिटामिन बी १२ मासु तथा दूधबाट मात्र प्राप्त गर्न सक्ने भएकाले जनसङ्ख्या वृद्धिदर सागसागै पशुजन्य वस्तुबाट प्राप्त हुने खाद्य वस्तुको माग दैनिक बढी रहेको छ । उपभोक्ताले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर वस्तुको खरिद गर्नुपर्ने आजको आवश्यकता प्रमुख मानिन्छ । नेपालमा वद्यशाला ऐन २०५५ आएको १५ वर्ष पुगेपनि उपभोक्ताको हितमा प्रयोग हुन सकेको छैन । वद्यशालाको स्थापना, मासु पसलको दर्ता, मासु निरीक्षणको अधिकार स्थानीय निकायलाई प्रदान गरिएको छ ।
मासु जााच ऐन २०६४ को सफल कार्यान्यन गर्ने निकाय स्थानीय निकाय हो । तर स्थानीय निकायमा जनप्रतिनिधि नहुनाले उपत्यका तथा बाहिर वैज्ञानिक वद्यशाला नहुनाले उपभोक्ता स्वास्थ मासु खरिद गर्नबाट वञ्चित रहेको पशुचिकित्सक श्रीराम अधिकारले बताउछन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले आयोजना गरेको छलफल कार्यक्रममा वरिष्ठ प्लान्ट क्वारेन्टाइन अधिकारी पशुराम अधिकारीले कुल राष्ट्रिय उत्पादनमा पशुपक्षी पालनबाट १२ प्रतिशत योगदान पुगेको र ८० अर्बको लगानी भई दुई लाख मानिसले प्रत्यक्ष रोजगार पाइरहेको बताए ।

प्रतिक्रिया